PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

आजको राष्ट्रिय सभा: नेवि संघका कार्यकर्ता छोड्न माग, विज्ञापन विधेयकमा दफावार छलफल



आजको राष्ट्रिय सभा: नेवि संघका कार्यकर्ता छोड्न माग, विज्ञापन विधेयकमा दफावार छलफल

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सरकारी गाडी जलाएको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई छोड्न माग गरिएको छ।

बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य विन्दा आलेले नेवि संघको विरोध प्रर्दशनको क्रममा कास्कीबाट पक्राउ परेका तीन जना कार्यकर्तालाई रिहा गर्न माग गरेकी छिन्।
प्रदर्शनका क्रममा सरकारी गाडीमा आगजनी गरेको आरोपमा कास्की प्रहरीले परशुराम बस्नेत, विनय पौडेल र डफान भुजेललाई पक्राउ गरी एक सातादेखि हिरासतमा राखेको भन्दै सांसद आलेले विरोध जनाइन्।

उनले पक्राउ परेकाहरुलाई तत्कालै रिहा गर्न गृहमन्त्रीसँग आग्रह गरिन्।

यसैबीच आजको राष्ट्रिय सभा बैठकबाट चारवटा विधेयक दफाबार छलफलका लागि संसदीय समितिमा पठाइएको छ।

जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक, निवृति भरण कोष विधेयक, नागरिक लगानी कोष विधेयक २०७५ र विज्ञापन नियम गर्ने विधेयक २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

यसैगरी बेपता पारिएका व्यक्तिको छानविन तथा मेलमिलाप आयोग दोस्रो संशोधन विधेयक २०७५ लाई प्रतिनिधि सभाबाट पारित भएको जानकारी राष्ट्रिय सभालाई दिइएको छ।


राष्ट्रिय सभाको अर्को बैठक माघ २९ गते मंगलबार ११ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell