PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

नैनसिंह महरले नेविसंघ अध्यक्षबाट दिए राजीनामा



नैनसिंह महरले नेविसंघ अध्यक्षबाट दिए राजीनामा

काठमाडौं: नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्।

आफ्नो कार्यकालको थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्। नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको पनि अध्यक्ष महरले जनाए। सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको बताए।

गत भदौमा महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएको थियो। त्यसपछि थप गरिएको समय पनि माघ २ गते सकिएपछि सभापति महरले वैधानिकतामाथि प्रश्न उठ्ने भन्दै पदबाट राजीनामा दिएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell