A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.698fb49130a3a9.41224293): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.698fb49130a3a9.41224293,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698fb49130e210.80278026): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698fb49130e210.80278026,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.698fb4913430a4.27669202): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.698fb4913430a4.27669202,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नियतीले 'रनआउट' गर्न नसकेकी मुना र हिता : नेत्रहीन क्रिकेटले जसलाई नयाँ जीवन दियो
PahiloPost

Feb 14, 2026 | २ फागुन २०८२

नियतीले 'रनआउट' गर्न नसकेकी मुना र हिता : नेत्रहीन क्रिकेटले जसलाई नयाँ जीवन दियो



स्वेच्छा राउत

नियतीले 'रनआउट' गर्न नसकेकी मुना र हिता : नेत्रहीन क्रिकेटले जसलाई नयाँ जीवन दियो

फेब्रुअरी ६, दिउँसो करिब तीन बजे। नेपाली महिला नेत्रहीन क्रिकेट टोली जेट एयरवेजको प्लेनमा थियो। ल्याडिङ हुनु केही बेर अघि नै मुना अर्यालले गोजीबाट मोबाइल निकालिन्। अन गरिन् र डायल गरिन् आमालाई। खुशीको खबर सुनाउनुको हतारमा उनले ल्यान्डिङ अघि फोन अन नगर्ने निर्देशन बिर्सिएकी थिइन्। 

पाकिस्तानमा भएको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेर टिमसँगै फर्किएकी थिइन् उनी। जितको खबर देश विदेश छाइसकेको थियो। तर, दुनियाँले थाहा पाए पनि आमालाई भन्नुको जोशले उनलाई ट्रफी उचालेदेखि पच्छ्याएको हो। 

'आमा म जितेर आएँ। अहिले प्लेनमै छु, हजुरले सबैलाई सुनाइदिनुस् है,' उनले हतारमै भनिन्। र, फोन राखिन्। 

'छोरी देश विदेश घुम्छे भन्ने सोच्दै नसोचेकी आमालाई म पाकिस्तानमा जाने कुराले दङ्ग पारेको थियो। जितमा झन् कस्तो महसुस गर्नु होला? म जिज्ञासा मेट्न चाहन्थें,' मुना गर्विलो सुनिन्छिन्। 

उनी नेपाली महिला नेत्रहीन क्रिकेट टोलीको बी-१ क्याटेगोरीकी खेलाडी हुन्। पाकिस्तानबाट खेलेर फर्कँदा थामी नसक्नेगरी खुशी हुनु स्वभाविक थियो। किनकि, नेपाली टोलीको पहिलोपटक विदेशी मैदानमा सहभागिता थियो। त्यसमाथि एक खेलमा उनी बी १ क्याटेगोरीको उत्कृष्ट खेलाडी ठहरिइन्। र, अर्को खेलमा ‍प्लेयर अफ द म्याच पनि। 

लगभग एक महिना नियमित प्रशिक्षण र तयारीमा जुटेको थियो टोली। भक्तपुरको मैदानमा खेलुन्जेल उनले ब्याटिङमा राम्रो गरेकी थिइन्। मुलपानी मैदानमा खेल्न सुरु गरेपछि बलिङ ब्याटिङ दुवै बिग्रिएको कम्प्लेन पाउन थालिन्। 

‘डर थियो एक्सट्रा नै रहेर फर्किन्छु कि भन्ने। तर, खेलियो, जित्नुमा योगदान पनि रह्यो। खुशी छु,’ उनले दङ्ग पर्दै सुनाइन्, ’आमाले बुबा, काका काकी, छिमेकी, दाइ भाउजु र दिदीहरुलाई सुनाउनु भयो होला। गाउँमा अनुहार हँसिलो पारेर हिँड्नु भयो होला।‘ 

स्याङ्जा पुतली बजारकी मुना अर्याल दृष्टिविहीन। उनकी जेठी दिदी धना दृष्टिविहीन। माइली दिदी बिन्दु पनि दृष्टिविहीन। गाउँलेले कुरा गर्ने बहाना बनेका थिए तीन दिदी बहिनी। सानोमा उनी आमाको हात समातेर कहिले मेलापात पुग्थिन्, कहिले पसल। विवाह, पूजाआजा सबैतिर भेटिएकाले बोलेको आज पनि सम्झन्छिन्- ‘कुन जुनीमा पाप गरेछौ नि सीता यो जुनीमा तिर्न पर्‍यो।‘ 

उनलाई यस्ता कुराहरु सुन्ने बानी लागेको थियो। सामान्य मान्थिन्। केही बुझ्ने भएपछि थाहा पाइन्, ती वचनहरुले आमा बुबालाई कति धेरै दुखाउँछ भन्ने। त्यसपछि आमाको पछि लागेर हिँड्नै छाडिदिइन्। 

बुबा अग्निप्रसाद अर्याल जेठी छोरीको आँखा जचाउन इन्डिया गए। उपचार सम्भव भए माइली र कान्छी छोरीलाई पनि लिन आउने योजनाका साथ। अस्पताल धाउनु र औषधीमा धेरै पैसा खर्च भयो। तर, ठीक नहुने निष्कर्ष र निराशा लिएर फर्किए। 

इन्डियाबाट फर्किएयता मुनाकी जेठी दिदी धना खाटबाट विरलै उठ्छिन्। केही वर्ष फलफूल, चाउचाउ, नम्किनहरु मात्र खाने भइन्। 'अहिले १५ वर्ष भयो दिदीले चिया मात्र पिएर बाँच्नु भएको। हामी छक्क पर्छौं उहाँलाई देखेर,' उनले सुनाइन्, 'बुबा आमालाई पीरमाथि पीर थपियो। के गर्नु भाग्यबाट पर भाग्न मिल्दैन रहेछ।' 

छोरीहरुले आँखा नदेखे पनि संसार देखाउने इच्छा राखे मुनाका बुबाले। त्यसैले अरु गाउँले सरह उनले पनि माइली र कान्छी छोरीलाई पढ्न पठाउने भए, पोखरा। २०६१ सालमा पोखरास्थित कुडल प्राथमिक आवसीय विद्यालयमा भर्ना गरिदिए। मुना त पढाइमा रमाइन्। सुनेको कुरा मजाले याद गर्न सक्ने रहिछिन्। लेख्नमा समस्या थियो। ब्रेलमा हात बसाल्न समय लाग्यो। 

तर, उनकी माइली दिदी धनाले एक अक्षर पनि चिनिनन्। उनी सधैं आफ्नै सुरमा बस्थिन्। कोहीसँग नबोल्ने, घुलमिल नहुने। सधैं कोहीसँग डराएजस्तो लाग्ने। उपचारका क्रममा थाहा भयो उनी सुस्त मनस्थितिमा छिन्। 

मासिक आठ आठ सय रुपैयाँ तिरी पढाउन राखेका थिए परिवारले। जसका कारण आर्थिक भार बढ्दो थियो। बुबाले चलिरहेको किराना पसल बेचेर पनि पैसा जोहो त गरेका थिए। दुर्भाग्य, माइली छोरीको सुस्त मनस्थिति बारे थाहा हुनुले अर्को पीडा थप्यो। 

'सबैले पाप र कुकर्मको फल भन्थे। परिवारको भार भन्थे। असह्य हुन्थ्यो तर प्रतिवाद गर्न सकिएन,' मुना आफ्नो अठोटको कुरा भन्छिन्, 'मैले त्यतिबेलै सोचेकी थिएँ। दिदीहरु बिच्छ्यौनामा भएर के भो म त गरेर देखाउन सक्छु नि।' 

उनले मन ध्यान पढाइमा लगाइन्। जनप्रकाश माध्यमिक विद्यालयमा पढ्न थालिन्, २०६५ सालदेखि। घनश्याम पौडेलले उनको पढाइका लागि पैसा दिने भए। घरमा आर्थिक भार कम भयो। 

स्कूलमा धेरैजना दृष्टिविहीन थिए। उनीहरुको जोश र मेहनत देखेर खुब हौसला मिल्थ्यो। दृष्टि भएकाहरु सरह पढाइ अनि खेलकुदमा लागेको देखेर छक्क पर्थिन्। खेल हुँदा मैदानमा पुगेर सुन्थिन्, अरुसँगै ताली बजाउँथिन्, उफ्रन्थिन्। एकदिन नेत्रहीन महिला क्रिकेट टोलीकी तत्कालीन क्याप्टेन भगवती भट्टराईले उनलाई पनि क्रिकेट खेल्न आग्रह गरिन्। मानिनन्। निरन्तर हौसाएपछि भने उनी पनि मैदानमा उत्रिइन्, डर बोकेर। 

'पढेर केही गर्छु भन्ने थियो तर क्रिकेट नै खेल्छु भन्ने आँट थिएन,' त्यतिखेरको अवस्था सम्झिइन्। 

सुरुमा गाह्रो भयो। बल बज्दै आउँथ्यो तर कति खेर ब्याटिङ गर्ने बुझ्न गाह्रो। आफूले ब्याट चलाउँदा बल पर पुगिसकेको हुन्थ्यो। केही दिनको नियमित प्रयासपछि उनको आत्मविश्वास बढ्यो। 'हेरेर बसे गाह्रो हुने रै’छ,' उनले भनिन्, 'गरेपछि गाह्रो काम पनि बानी बन्दै जान्छ नि।' 

पहिले त आफूले क्रिकेट खेल्न थालेको सुनाउँदा परिवार, छरछिमेकले पत्याएनन्। केही पछि परिवार दङ्ग परे। पहिलो पटक चितवनमा राष्ट्रिय सिरिज खेल्न जाँदा आमाले खुशीको आँसु झारेको आज पनि सम्झन्छिन्। भन्छिन्, 'दुनियाँले बोझ भनेकी छोरी खेलाडी भै भन्ने खुशी होला। नत्र आमालाई क्रिकेट भनेको के थाहा हुनु र रमाउनु।' 

सन् २०१४ मा इङ्ल्यान्डको नेत्रविहीन महिला क्रिकेट टोलीसँग नेपाली नेत्रहीन महिला टोलीको खेल भयो। त्यो पहिलो दृष्टिविहीन महिलाको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो नेपालले सञ्चालन गरेको। खेलमा नेपाली टोलीसँग बेलायती टोली ३-० ले पराजित भयो। खबर छायो पत्रपत्रिकादेखि, टिभी, रेडियोसम्म। 

'मेरो नाम पत्रिकामा आउँदा बुबा आमाले बधाइ पाउनुको खुशी व्याख्या गर्न सक्दिनँ। त्यसपछि धेरैको मुख थुनियो,' उनी केही दङ्ग पर्दै भन्छिन्, 'राम्रो गरिस् नभने पनि नराम्रो कुरा गर्ने कम भए।' गाउँ जाँदा मान्छेले गर्ने व्यवहार फेरियो, बोलीमा पनि उस्तै परिवर्तन। त्यसैले बोलेर होइन गरेर देखाउनुमा विश्वास गर्न थालेकी छिन् उनले।

१० वर्ष भयो उनले ब्याट र बल समाएको। क्रिकेटसँगै पढाइलाई पनि निरन्तरता दिइन्। हाल उनी पृथ्वीनारायण क्याम्पसमा बिएड चौथो वर्ष अध्ययनरत् छिन्। नेपाली साहित्य पढिरहेकी उनी अभाव र अप्ठ्याराले सिकाएको पाठ अरुलाई सिकाउन चाहन्छिन्। 'आर्थिक र शारीरिक कमजोरीका कारण कसैले पनि शिक्षाबाट पर रहन नपरोस्,' भन्छिन्, 'म शिक्षिका बनेर पढ्न नपाएकाहरुलाई अक्षर चिनाउँछु।' 

*** 

मुनासँग होस्टलको एउटै कोठामा एउटै लक्ष्य लिएर बसेकी छिन्, हिता गुरुङ। उनी बीएड दोस्रो वर्षमा अध्ययनरत् छिन्। गुरुङको पनि लक्ष्य मास्टर्स सकेर शिक्षिका बन्नु नै हो। तर, केही महिना यता उनी तनावमा छिन्। 

परिवारमा कोही छैनन्। बुबा गर्वे गुरुङ पेशाले लामा थिए, दुवै आँखा नदेख्ने। हितालाई सधैं सँगै लिएर हिँड्थे। भन्थे, 'आँखा नदेख्नुलाई कमजोरी नबनाउनु छोरी। हिम्मत गर्नुले धेरै कुरा देखाउँछ।' उनी हिता आठ वर्षको हुँदै बिते, मुटुको अपरेशन गराउन पैसा नभएर। 

हिता जन्मजात दृष्टिविहीन। सानैमा अपरेशन गराएपछि धमिलो देख्ने भएकी थिइन्। केही वर्ष स्कूल पनि गइन्। पछिपछि ब्ल्याक बोर्डमा लेखेको देख्न छोडिन्, कापीका धर्काहरु ठम्याउन सकिनन्। उनको पढाइमा ब्रेक लाग्यो। 

स्थानीय दण्डपानी बरालले पोखराकै अमरसिंह स्कूलमा दृष्टि नभएकाहरुलाई पढाउने कुरा सुनाए। हिता पढ्ने अवसर गुमाउन चाहन्न थिइन्। बुबाले भनेको सम्झिन्- जहाँ इच्छा त्यहाँ उपाय। पढ्ने इच्छा जाहेर गरिन्। स्कूलका शिक्षक बलराम चापागाईंको सहयोगमा अमेरिकन नागरिक एलेन फादरले उनलाई आर्थिक सहयोग गर्ने भए। 

स्कूल भर्ना भइन्। उनी अमरसिंह स्कूलकै होस्टलमा बस्थिन्। नयाँ ठाउँ र मान्छेहरुसँग दैनिकी सहज थिएन। त्यसैले आमालाई बोलाइ रहन्थिन्। फोन गरिरहन्थिन्। 

आमा सीता स्थानीय होटलमा भाडा माझ्थिन्, सर सफाइ गर्थिन्। छोरीको लागि सामान, खानेकुरा पठाउँथिन्। कहिले काही भेट्न आउँथिन्। खर्च छाडेर जान्थिन्। २०६९ साल, आमा उनलाई भेट्न नआएको हप्तौं बित्यो। न फोन आएको थियो न कसैले खबर वा सामान ल्याएका थिए। औधी याद आएपछि उनी फेवाताल पारी रहेको घर पुगिन्। घरमा आमा थिइनन्। धेरै दिन अघि घर छोडेर गइन् रे! कता गइन् कसैलाई थाहा भएन। कसैले खोजी गरेन। केही समयपछि दिदी पनि उस्तैगरी सम्पर्कविहीन भइन्। हिता एक्ली भइन्। 

'साथीहरु आमासँग फोनमा बोल्दा पनि रुन मन लाग्छ। भेट्न, देख्न नपाए पनि आवाज सुन्न पाए हुन्थ्यो भन्ने हुन्छ। गाह्रो साह्रोमा निकै याद आउँछ,' हिता निराश भएर सुनाउँछिन्, 'देख्ने मान्छेले त्यसरी छोडेर जानु भयो म नदेख्नेले कहाँ खोज्न जाउँ?' 

आमा सम्पर्कमा नरहेकै वर्ष २०६९ देखि क्रिकेट खेल्न थालेकी हुन्, उनले। मन भुलाउने गज्जब बहाना बन्यो, यो खेल। खाली समय दृष्टिविहीन टोलीसँग मैदानमा बिताउन थालिन्। उनले खेल्न थालेको थाहा पाएर स्पोन्सर एलेन पनि दङ्ग थिए। फोनमा कुरा हुँदा बधाई दिन्थे, आफ्नो सहयोगको सम्मान गरेकोमा धन्यवाद भन्थे। उनले पठाएको पैसाले हिताको दैनिकी चलेको थियो। आमाले पुर्‍याउने सामानको अभाव पूरा हुन्थ्यो।

गत मङ्सिरमा एलेन फादरको निधन भयो। दृष्टि साथै परिवारविहीन भएकी उनलाई गाह्रो छ। सबैभन्दा धेरै, पढाइ पूरा गर्न नपाउने डर छ। 'साथी, काका काकी, फूपुहरुले सहयोग त गर्छन् तर सधैं माग्न अप्ठ्यारो हुने रहेछ,' निरस भावमा भन्छिन्, 'आफ्नो बाबा आमा भएको भए यस्तो हुँदैनथ्यो होला।' 

पाकिस्तान पुगेको नेत्रहीन महिला क्रिकेटको टोलीमा उनी पनि थिइन्। बी-१ समूहकै खेलाडी। जितको उमङ्ग, एयरपोर्टमा भएको स्वागतको खुशी उनी पनि साथीहरुलेजस्तै आमालाई सुनाउन चाहन्थिन्। टिभी, पत्रिकामा देखेर आमाले वा दिदीले फोन गरिहाल्छन् कि भन्ने कल्पना पनि गरिन्। तर, त्यसो भएन। 

'सबै चिज मैले आफ्नो लागि गर्ने हो। यसपटकको जितले अब क्रिकेट खेल्न नछोड्ने बनाएको छ,' आफ्नो योजना सुनाउँछिन्, 'पढाई सकेर पढाउन थाल्छु। क्रिकेटलाई समय दिन्छु। मैले नदेख्ने ठाउँमा बसेर हेरिरहेका मेरी आमाले गर्वका साथ अरुलाई सुनाउन् न 'यो मेरी छोरी हो'।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell