PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ रामघाटमा दाह संस्कार, श्रीमती र छोराले दिए दागबत्ती



मन्त्री अधिकारीको राजकीय सम्मानका साथ रामघाटमा दाह संस्कार, श्रीमती र छोराले दिए दागबत्ती
फोटो: Toya Nath Sapkota

काठमाडौं: हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटमा दाह संस्कार गरिएको छ।

मन्त्री अधिकारीको राजकीय सम्‍मानका साथ अन्तेष्टि गरिएको हो। मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिए।

बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो। बिहिवार काठमाडौं शव ल्याएपछि शुक्रबार बिहान सातै जनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको थियो।

अधिकारीको शव आजै पोखरा लगी प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। त्यसपछि  शवयात्रा शुरु गरिएको र नयाँबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइएको थियो।

उनको शव यात्रामा सर्वसाधारणदेखि नेताहरुको बाक्लो सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell