PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे राजेश हमाल



अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे राजेश हमाल

काठमाडौं: दिवंगत नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई श्रद्धाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नायक राजेश हमाल पनि पुगेका छन्। हमालले नेता अधिकारीसँग पारिवारिक सम्बन्ध भएको बताएका छन्।

त्यसैगरी हमालले अधिकारी निष्ठावान नेता भएको बताए। भने, 'हाम्रो पारिवारिक सम्बन्ध थियो। उहाँ
निष्ठावान नेता हुनुहुन्थ्यो। उहाँको आदर्श र विचारलाई पार्टीले अगाडि बढाओस्।'

अधिकारको शव पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell