PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

नेपाली मुलको सम्मानमा न्युयोर्कको सडकको नाम 'माउन्ट एभरेस्ट वे'



नेपाली मुलको सम्मानमा न्युयोर्कको सडकको नाम 'माउन्ट एभरेस्ट वे'
फोटो: Bishnu Poudyal/facebook

न्युयोर्क: अमेरिकाको न्युयोर्कको एउटा बाटोको नाम माउन्ट एभरेस्ट वे राखिएको छ। स्थानीय समयअनुसार शनिबार राति न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटो माउन्ट एभरेस्ट वे भएको औपचारिक घोषणा गरिएको हो। 

नेपाली समुदायको सम्मानमा बाटोको नामकरण गरिएको न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बताए।

घोषणा कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटकी महाबाणिज्यदुत पुष्पा भट्टराईलगायले सम्बोधन गरेका थिए भने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell