
क्वालालम्पुर : मलेसिया प्रहरीले संदिग्ध विदेशी आतंकवादी समूहका लडाकूहरु पक्राउ परेपछि 'हाई अलर्ट' घोषणा गर्दै मेलेसिया भरी सुरक्षा व्यवस्था कडा पारेको छ। गत फेब्रुअरी २ देखि ९ का बीच प्रहरीले ९ जना संदिग्ध लडाकूहरुलाई पक्राउ गरेको थियो।
मेलेसिया प्रहरीका प्रमुख मोहद फुजी हरुनले आइतवार एक विज्ञप्ती जारी गर्दै ती लडाकूहरुको उपस्थितिलाई गम्भिरता पूर्वक नियालिरहेको बताउँदै विदेशी गुप्तचर एजेन्सीसँग सहकार्य गर्दै 'खराब तत्वहरु' लाई पराजित गर्ने बताएका छन्।
फेब्रुअरीमा पक्राउ परेका संदिग्धहरुमा ६ जना इजिप्ट र एक ट्युनिसियाको नागरिक रहेको बताइएको छ। ती मध्ये २१ वर्षे एक इजिप्टसियन र २२ वर्षे ट्युनिसियालीले नक्कली सिरियन कागजातहरु प्रस्तुत गर्दै मलेसिया प्रवेश गरेको प्रहरीले बताएको छ। ती युवाहरु अनसर अल सहरिह अल ट्युनिसिया संस्थासँग आबद्ध रहेको बताइएको छ। सो समूहलाई संयुक्त राष्ट्र संघले आतंकवादी समूहको सूचीमा राखेको छ।
बांकी पाँच इजिप्टियनहरु मुस्लिम ब्रडर्रहुड अल इखवानुल मुस्लिमिनसँग आबद्ध रहेको बताइएको छ। उनीहरुमा दुई जना मलेसियामा उच्च शिक्षा अध्ययन गरिरहेको र तीन जना शिक्षकका रुपमा कार्यरत रहेको बताइएको छ।