PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'विप्लवलाई प्रतिबन्ध'बारे पार्टीमा छलफल नै भएको छैन, यस्तो चलन ठीक होइन:  माधव नेपाल



'विप्लवलाई प्रतिबन्ध'बारे पार्टीमा छलफल नै भएको छैन, यस्तो चलन ठीक होइन:  माधव नेपाल
फाइल फोटो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का वरिष्ठ नेता माधव नेपालले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीभित्र छलफल बिना गरिएका निर्णय ठीक नहुनेसमेत बताए।

नेपालले भने, 'पार्टीभित्र यो विषयमा छलफल भएको छैन। यस्तो चलन ठीक होइन।'

मंगलबार मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यस्तो विषय राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै नेपालले यस्ता विषयमा बैठक बोलाएर गम्भीर छलफल गर्नुपर्ने बताए।
 
'प्रचारात्मक कुराहरुमा जाने प्रवृत्ति देखियो। राम्रो तयारी गरेर छलफल गरेर कदम चाल्नुपर्नेमा अपरिपक्व कदम गरेको देखियो,' नेपालले भने। यता पूर्व प्रधानमन्त्रीसमेत रहेका ने क पाका नेता झलनाथ खनालले भने सरकारको निर्णय ठीक भएको प्रतिक्रिया दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell