PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

इतिहास रच्दै मनाङ मर्स्याङ्दी: एन्फा कम्प्लेक्समा बंगलादेशी क्लबसँग भिड्दै 



गोविन्दराज नेपाल

इतिहास रच्दै मनाङ मर्स्याङ्दी: एन्फा कम्प्लेक्समा बंगलादेशी क्लबसँग भिड्दै 

काठमाडौं: नेपालको क्लबले खेल्न पाउने सबैभन्दा ठूलो प्रतियोगिता एएफसी कप नै हो।

एसियाली फुटबल महासंघ एएफसीले आफ्ना सदस्य राष्ट्रका क्लबहरुको लागि आयोजना गर्दै आएको प्रतियोगितामध्ये यो एसियाको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता हो।

एसियाका ठूला क्लबहरुले एएफसी च्याम्पियन्स लिग खेल्छन्। त्यसपछिको प्रतियोगिता एएफसी कप खेल्न पाउनु नेपाली फुटबल क्लबको लागि अवसर हो।
 
त्यही अवसर सदुपयोग गर्ने तयारीमा रहेको नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले आज बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग खेल्दै इतिहास रच्दैछ। मनाङ एएफसी कप खेल्ने पहिलो नेपाली क्लब बन्नेछ।

अर्को संयोग मनाङले घरेलु मैदानबाट त्यो यात्राको सुरुवात गर्दैछ।

एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा मनाङले बंगलादेश क्लब अबहानीसँग खेल्दैछ। खेल एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।

यसअघि नेपालकै थ्री स्टार क्लबले छनोट चरण खेल्दै प्लेअफ सम्मको यात्रा तय गरेपनि प्लेअफका लागि तत्कालिन एन्फा नेतृत्वले नाम दर्ता नगरिदिँदा थ्री स्टारले अवसर गुमाएको थियो।

यस पटक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियनसिपको हैसियतमा खेल्दैछ। मनाङले कीर्तीमान ८ पटक लिगको उपाधि जितेको छ। यस्तै अबहानी लिमिटेडले बंगलादेशी लिग कीर्तिमानी ६ पटक जितेको छ।

मंगलवार भएको प्रिम्याच कन्फ्रेन्समा मनाङ र अबहानी दुवै टिमका प्रशिक्षकले जितका साथ प्रतियोगिता सुरु गर्ने बताइसकेका छन्। दुवै टिमको लक्ष्य स्पष्ट ३ अंक जोड्नु रहेको छ।

यसै समूहमा रहेका दुई भारतीय क्लब मिनेर्भा पञ्जाव र चेन्नायीन एफसीबीच पनि आजै खेल हुँदैछ। समूह इ मा रहेको चार टिमबीच होम एण्ड अवेका आधारमा खेल हुनेछ र एक टिमले कूल ६ खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell