
काठमाडौं: एएफसी कप २०१९ को लागि पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग पराजित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफमा बंगलदेशी खेलाडीको १ गोल नै खेलको निर्णयक गोल बन्यो।
जितपछि अबहानीले ३ अंक जोडेको छ। खेल हेर्नका लागि एन्फा मैदानमा करिब १७ सय घरेलु दर्शक पुगेका थिए।
नेपालको क्लब एएफसीले कपका लागि खेलेको पहिलोपटक हो।
एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा मनाङले बंगलादेश क्लब अबहानीसँग खेलेको हो।
यसै समूहमा रहेका दुई भारतीय क्लब मिनेर्भा पञ्जाव र चेन्नायीन एफसीबीच पनि आजै खेल हुँदैछ। समूह इ मा रहेको चार टिमबीच होम एण्ड अवेका आधारमा खेल हुनेछ र एक टिमले कूल ६ खेल खेल्नेछ।