PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

बैंकक जान लागेका एकै परिवारका ५ जना विमानस्थलमा किन समातिए?



बैंकक जान लागेका एकै परिवारका ५ जना विमानस्थलमा किन समातिए?

काठमाडौं: प्रहरीले शुक्रबार एकै परिवारका पाँच जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा सुरक्षाको लागि खटिएको टोलीले बैंकक जान लागेका श्रेष्ठ परिवारलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती ४६ वर्षीय उमादेवी श्रेष्ठ,  ४ र १६ वर्षीय दुई छोरीहरु र एक ११ वर्षीय छोरा हुन्।

मित्रपार्क स्थायी ठेगाना भएका उनीहरु शुक्रबार दिउँसो करिव पौन २ बजे थाई एयरलाइन्सको टीजी ३२० नम्बरको फ्लाइटबाट बैंकक जाने तयारीमा थिए। श्रेष्ठ विमानस्थल भित्र रहेको कपी शपका संचालक समेत हुन्।

शंका लागेर प्रहरीले चेक गर्दा श्रेष्ठको साथबाट अवैध रुपमा लैजान लागेको विभिन्न देशका मुद्रा बरामद गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट थाई भाट १ हजार दरको १७ वटा, सय दरको १४ वटा, ५० को ११ वटा, २० को ३० वटा  बरामद गरेको छ। त्यस्तै युरो डलर २० को  ६९ वटा, अमेरिकी डलर सयको एक सयवटा र चाइनिज युयान सयको ८ सय वटा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धानको लागि उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell