PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

देउवालाई कुन्दनको कटाक्ष: विप्लवको खुट्टा समातेर कम्युनिस्टसँग लड्न सकिएला र?



देउवालाई कुन्दनको कटाक्ष: विप्लवको खुट्टा समातेर कम्युनिस्टसँग लड्न सकिएला र?

काठमाडौं: नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले पार्टी सभापति शेरबहादुर देउवालाई नेत्रविक्रम चन्द विप्लवको खुट्टा समातेर कम्युनिस्टसँग लड्न नसकिने बताएका छन्।

आज राजधानीस्थित वाल्मिकी क्याम्पसमा 'सरकारको अराजकता, प्रतिपक्षीको मौनता र युवा विद्यार्थीको भुमिका विषयक' कार्यक्रममाकाफ्लेले उक्त भनाई राखेका हुन्।

आजै नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा राष्ट्रिय सभामा यस्तै कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले समेत सन्देशमार्फत उपस्थिति जनाएको थियो। कार्यक्रममा कांग्रेस सभापति देउवा प्रमुख वक्ताका रुपमा उपस्थित थिए।

सोही विषयलाई कटाक्ष गर्दै काफ्लेले भने, 'शेरबहादुर दाई विप्लवको खुट्टा समातेर कम्युनिस्टसँग लड्न सकिन्न।' 

नेविसंघमा अहिलेसम्म नयाँ नेतृत्वको टुंगो नलागेकोमासमेत उनले आक्रोश व्यक्त गरे। भने, 'चाँडै तदर्थ समिति गठन होस्।' नेविसंघमा ३२ वर्ष माथिको तदर्थ समिति ल्याए समानान्तर समिति गठन गर्ने चेतावनीसमेत काफ्लेले दिए। 

प्रमुख अतिथिका रुपमा काफ्ले उपस्थित कार्यक्रममा नेविसंघका नेताहरु विपिन अधिकारी, नवराज त्रिपाठी, हरि आचार्यलगायतले सम्बोधन गरेको नेविसंघ नेता सिजार भट्टले जानकारी दिए। अभियान जारी रहने नेता भट्टाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell