PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

नयाँ वर्षमा ओम चाबहिल सञ्चालनमा, वैशाखभर निःशुल्क दन्त परीक्षण 



नयाँ वर्षमा ओम चाबहिल सञ्चालनमा, वैशाखभर निःशुल्क दन्त परीक्षण 

काठमाडौँ : काठमाडौँको चाबहिलमा अत्याधुनिक सुविधा सम्पन्न ओम चाबहिल डेन्टल अस्पताल सञ्चालनमा आएको छ। डेन्टलको स्वास्थ्य मन्त्रालयका नाक, कान, घाटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा.प्रकाश बुढाथोकीले आइतबार उद्घाटन गरेका हुन्। 

नयाँ वर्षको सुरुवातमा सञ्चालनमा आएको डेन्टल अस्पतालले वैशाख महिनाभर सेवाग्राहीको नि:शुल्क दन्त परीक्षण गर्ने अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए। 

त्यस्तै सम्पूर्ण उपचारमा १५ प्रतिशत छुट हुने उनले जानकारी दिए। 

अस्पतालका प्रबन्धक निर्देशक अनिल शर्माले गुणस्तर र सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गरिने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell