PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

पूर्वाधार तयार नभएपछि होटलको स्वीमिङ पुलमा पौडीका खेल, गौरिकाको दुई कीर्तिमान



गोविन्दराज नेपाल

पूर्वाधार तयार नभएपछि होटलको स्वीमिङ पुलमा पौडीका खेल, गौरिकाको दुई कीर्तिमान

नेपालगञ्ज:  रंगशाला परिसरको स्वीमिङ पुल तयार नभएपछि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीका खेलहरु होटलको स्वीमिङ पुलमा भएका छन्। नेपालगञ्जस्थित सिंग्नेट होटलको पुलमा पौडी खेल खेलाइएको हो।

पौडी खेलका लागि १६ लाख लिटर पानी हाल्नुपर्नेमा ४ लाख लिटरमात्र पानी हालिएको थियो। यस्तै प्याराफिट समते तयार नभएपछि होटलकै स्विमिङ पुल प्रयोग गरिएको हो।

यसैबीच आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा गौरिका सिंहले दुई कीर्तिमान बनाएकी छन्। ५० मिटरको पौडी अन्तर्गत उनले नयाँ कीर्तिमान बनाएकी हुन्। भने, ८०० मिटरमा यसअघिको कीर्तिमान सुधारेकी छन्।

८०० मिटरको फ्रिस्टाइल पौडी अन्तर्गत त्रिभुवन आर्मी क्लबकी खेलाडी सिंहले ९ मिनेट ३९ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थानमा रहिन्। प्रदेश ३ की खेलाडी शिक्षा श्रेष्ठले १३ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै छैटौँ स्थानमा रहिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell