PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

घर भाडा नतिरेपछि ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ



घर भाडा नतिरेपछि ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ
फाइल फोटो

काठमाडौं: ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्।


मंगलवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले नेपाललाई नियन्त्रणमा लिएको हो। नेपाल विरुद्ध परिसरका चेक बाउन्स सम्बन्धी उजुरी परेकाले नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले बताए। चाबहिलका नरेशकुमार न्यौपानेले ६ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै उजुरी दिएका थिए।


नेपालले चाबहिलमा इडेन नामक एक विद्यालय सञ्चालन गर्दै आएका थिए। स्कुल रहेको घर भाडा बापत मंसिर महिनामा दिएको ६ लाखको चेक बाउन्स भएपछि नियन्त्रणमा लिएको हो। नेपालले २२ वर्षदेखि सोही घरमा स्कुल सञ्चालन गर्दै आएको खुलेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell