PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आठौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलको स्वर्ण पुलिसले जित्यो, आर्मी ३-१ पराजित



आठौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलको स्वर्ण पुलिसले जित्यो, आर्मी ३-१ पराजित

बाँके: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भएको पुरुष भलिबलको फाइनलमा विभागीय टोली नेपाल पुलिसले आर्को बिभागीय त्रिभुवन आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको छ।

बुधबार खजुरास्थित शुक्र भलिबलको कोटमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाल पुलिसले आर्मीलाई ३-१ सेटमा हराउँदै च्याम्पियन भएको हो।

राष्ट्रिय प्रतियोगिता स्वर्णका लागि शुक्र रंगशालामा हजारौं दर्शकमाझ भएको फाइनल खेलमा नेपाल आर्मीले उत्कृष्ट संघर्ष गर्दा पनि स्वर्ण जित्न सकेन।
 
त्रिभुवन आर्मीलाई हराउने क्रममा पुलिसले पहिलो सेटमा २५-१८ ले हराउदा दोस्रो सेटमा २३-२५ ले हार बेहोर्दा तेस्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै २५-२० ले आर्मीलाई हराउदा चौथो सेटमा २५-१८ ले जित निकाल्दा ३-१ को सेटमा आर्मी पराजित हुन पुग्यो।

पुलिसले स्वर्ण पदक चुम्दा आर्मीले रजतमा चित बुझायो।

आजै भएको तेस्रो स्थानका लागि भएको भिडन्तमा एपीएफले गण्डकी प्रदेशलाई ३-२ को सेटमा हराउँदै कास्य जित्यो। एपीएफले तेस्रो स्थानका हात पार्दा गण्डकी प्रदेशसंग पहिलो सेटमा २२-२५ हार्दा दोस्रो सेटमा २४-२६ ले कमब्याक गर्दा तेस्रो सेटमा २१-२५ विजयी भयो। त्यस्तै चौथो सेटमा २५-१८  विजयी हुँदा अन्तिम एवं निर्णायक पाचौं सेटमा एपीएफले कमब्याक गर्दै १५-७ ले जित निकाल्दा कास्य पदक जितेको थियो।

महिला भलिबलको स्वर्ण पदक एपीएफलाई

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको स्वर्ण पदक बिभागीय टोली एपीएफले जितेको छ।

बुधबार बिहान भएको  फाइनल खेलमा एपीएफकाले प्रदेश नम्बर ३ लाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेको हो।

सुरुको सेटबाट नै हाबी हुँदै एपीएफले प्रदेश ३ लाई सहजै हराएको छ।

पहिलो सेटमा २५-११ ले पराजित गर्दा दोस्रो सेटमा २५-१३ ले हराउदा तेस्रो सेटमा २५-१९ ले हराउँदै एपीएफले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वर्णमा कब्जा जमाएको हो ।
प्रदेश तिनले उपबिजेता हुँदै रजत पदकमा चित्त बुझायो।

यसअघि तेस्रो स्थानका लागी भएको खेलमा नेपाल प्रहरीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमै पराजित गर्दै भलिबलको कास्य पदक जितेको थियो।

पुलिसले गण्डकीलाई पहिलो सेटमा २५-१८ दोस्रो सेटमा २५-९ र तेस्रो सेट २५-२३ अंकले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell