PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

न्युयोर्कबाट नेपालगन्ज आएर सनसनी मच्चाउने १५ वर्षीय पौडीबाट नाथन दोर्जे शेर्पाको कथा यस्तो



गोविन्दराज नेपाल

न्युयोर्कबाट नेपालगन्ज आएर सनसनी मच्चाउने १५ वर्षीय पौडीबाट नाथन दोर्जे शेर्पाको कथा यस्तो

गौरिका सिंहले १२ स्वर्ण जित्दै आठौँ राष्ट्रिय खेलकुदमा शनशनी मच्चाइन्। बेलायतमा बस्दै बएकी गौरिकाले नेपालगन्जमा भएको आठौँ अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगितामा प्रतिस्पर्धा गरेको सबै १२ स्पर्धामा स्वर्ण जित्दै पाँचौ राष्ट्रियमा पौडीकै करिष्मा कार्कीले जितेको कीर्तिमान बराबरी गर्न सफल भइन्।

गौरिकाले १२ स्वर्णले आठौँमा धेरै चर्चा पायो। आठौँमा एक भन्दा बढी स्वर्ण जित्ने खेलाडी आधा दर्जन नै छन्। अनी त्यही पौडीमा विदशेमै बस्दै आएका अर्का खेलाडीले पनि ५ स्वर्ण जिते। तर उनी नेपाली टिम नभएर गैर आवसीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधित्व गर्दै नेपालगन्ज आएका थिए। रियो ओलम्पिककी कान्छी खेलाडी गौरिकाले भने विभागीय टोली त्रिभुवन आर्मीबाट खेलेकी थिइन्।

एनआरएनएलाई पहिलो सहभागितामै उत्कृष्ट नतिजा दिलाउने क्रममा पौडी खेलाडी नाथन दोर्जे एक्लैले ५ स्वर्ण जिते। उनले नेपाल आएर खलेको यो पहिलो पटक हो।

कूल ७ स्पर्धामा सहभागी जनाएका नाथनले ५ विधामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जित्दा एक रजत र एक कास्य पनि थपे।

नाथनको ५ स्वर्णसहित एनआरएनले बृहत राष्ट्रिय खेलकुदको डेब्युमै ६ स्वर्ण, २ रजत र ६ कास्य जित्यो।

अमेरिकाको न्यूयोर्कबाट नेपालगन्ज आएर नाथनले ५ स्वर्णसहित कूल ७ पदक जितेर पहिलो पटक सहभागिता जनाएको एनआरएनएको नाम उचोँ बनाउने काम गरे। 'एनआरएनएलाई धन्यवाद। उहाँहरुकै सहयोगले मैले नेपालमा राष्ट्रिय खेल खेल्न पाएँ। ५ स्वर्ण जित्दा एकदमै खुशी छु।' पौडीको अन्तिम दिन नाथनले पहिलोपोस्टसँग भने।

आठौँमा एनआरएनएलाई पहिलो स्वर्ण लनटेनिस खेलाडी संरक्षकभुषण बज्राचार्यले दिलाएका थिए। अष्ट्रेलियमा अध्ययन गरिरहेका संरक्षकले बैशाख २ गते रुपन्देहीमा भएको लनटेनिसमा स्वर्ण जितेका थिए।

त्यसको ६ दिनपछि नाथनले नै एनआरएनएका लागि दोस्रो स्वर्ण जिते।

यस पटक एनआरएनबाट विभिन्न ९ देशका २४ खेलाडी सहभागि हुने भनिएको थियो। तर पछि ७ देशका १९ खेलाडीले मात्र प्रतिस्पर्धा गरे, ८ खेलमा। त्यमध्येबाट स्वर्ण जित्ने खेलाडी संरक्षक र नाथन नै रहे।

संरक्षक नेपालमै विभिन्न प्रतियोगिता खेलिकसकेर अष्ट्रेलिया गएका थिए। तर नाथन भने नेपालमा नितान्त नयाँ हुन्। यति सम्म कि उनलाई नेपाल शब्द समेत बोल्न आउँदैन।

उनलाई नेपालीको कुनै शब्द भन्न आग्रह गर्दा पनि उनले उच्चारण गर्न सकेनन् र अंग्रेजीमै भने, 'म केही मात्रामा नेपाली बुझ्छु तर बोल्न सक्दिन।'

 

हरेक दिन स्वर्ण

नेपालगन्ज पौडी पोखरी पूर्ण रुपमा तयार नभएपछि आठौँको पौडीका प्रतिस्पर्धा होटल सिग्नेटमा आयोजना भएको थियो। बैशाख ८ देखि ११ गतेसम्म भएको पौडीमा नाथनले ५ स्वर्ण १ रजत र १ कास्य जिते। पौडीतर्फ पुरुषमा धेरै स्वर्ण जित्नेमा नाथन नै अगाडि रहे।

पौडी पोखरीमा पस्नुअघि पनि नाथन नेपाली पौडीमा नौलो र थिए र उनको लागि पनि यो नयाँ नै थियो। तर उनले पहिलो दिनमै घरेलु पौडीका उत्कृष्ट खेलाडीहरुलाई पछि पार्दै २ स्वर्ण जिते। पहिलो दिन सहभागि भएका दुवै स्पर्धामा स्वर्ण जितेपछि नाथनको पनि चर्चा हुन थाल्यो। त्यसलाई कायम राख्दै उनले दोस्रो दिन पनि २ स्वर्ण नै जिते। यस्तै तेस्रो दिन १ स्वर्ण र १ कास्य पदक आफ्नो नाममा थपे।

चौथो दिन भने उनले कीर्तिमानसहित १ स्वर्ण जिते र एक स्पर्धामा दोस्रो हुँदै रजत पदक जिते।

पहिलो दिन ८०० मिटर फ्रिस्यलमा ९ मिनेटमा १७ सेकेण्डको टाइमिङ निकाल्दै नाथनले पहिलो स्वर्ण जिते। पहिलो दिनै नाथनले २०० मिटर बटरफ्लाइमा पनि स्वर्ण जिते। हिटमा २ मिनेट २३.५५ सेकेण्ड मा दुरि तय गरेका उनले २ मिनेट १८.१० सेकेन्डको टाइमिङका साथ स्वर्ण जिते। यस स्पर्धामा उनले एपीएफका अनुभव सुब्बा र पुलिसमा शायहद हाजालई पछि पारे।

नाथन यति मै रोकिएनन्। चौथो दिनसम्म स्वर्ण जिते क्रमलाई जारी राखे। दोस्रो दिन उनले ४०० मिटर फ्रिस्टायलमा ४ मिनेट ३३.०९ सेकेण्डको टाइमिङमा स्वर्ण जिते।

यस्तै तेस्रो दिनपनि नाथनले एक स्वर्ण थपे कास्य पनि जिते। चौथो दिन भने नाथनले १ स्वर्ण १ रजत र पदक थपे।

तेस्रो दिन नाथनले २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जिते। हिट चरणमा मा २ मिनेट २८.१० को टाइमिङ निकालेका फाइनलमा चरणमा २ मिनेट १६.५० सेकेण्डको टाइमिङ निकाले। तेस्रो दिन नाथनले प्रतिस्पर्धा गरेको अर्को स्पर्धा १०० मिटर बटलफ्लाईमा भने कास्यमै चित्त बुझाए। यसमा अनुभव सुब्बा पहिलो र शायद दोस्रो भए। नाथनले १ मिनेट ०१.७५ सेकेण्डका साथ कास्य जिते।

चौथो दिन नाथनले १०० मिटर ब्याकस्ट्रोकमा नयाँ कीर्तिमानसहित स्वर्ण जिते। नाथनले यसमा हिटमै १ मिनेट ०७.०६ सेकेण्डका साथ नयाँ कीर्तिमान कायम गरे। उनले अन्ति चरणमा १ मिनेट ०४.०६ को टाइमिङ निकाले।

 

यसरी इन्ट्री भए आठौँमा नाथन

नाथन अमेरिकाको न्यूयोर्कमा आफ्नो बुबा आमासँग बस्छन्। उनी अमेरिकामै जन्मेका हुन्। अमेरिकामा बसिरहेका र अहिलेसम्म नेपालमा नखेलेका नाथनको इन्ट्री कसरी भयो त?

यस पटक एनआरएनएले विदेशमा बसिरहेका नेपाली खेलाडीलाई पनि राष्ट्रिय खेलकुदमा सहभागि गराउने पहल गर्‍यो। राष्ट्रिय खेलकुद परिषद्सँग सम्झौता गरेपछि एनआरएनले विभिन्न देशमा रहेका उत्कृष्ट खेलाडीलाई सहभागिता जनाउने पक्का गरेको थियो।

त्यसैबेला नाथनका परिवारले पनि यो कुरा थाहा पाए। 'मेरो प्यारेन्ट्सले चेक गरिरहनु भएको थियो। संयोगवस त्यसबेला यो इभेन्टको बारेमा थाहा भयो। त्यसैले मेरो प्यारेन्ट्सले मेरो नाम दर्ता गर्नुभयो।'

तर नाथन पहिला आर्मीबाटै खेल्न चाहन्थे त्यो इच्छा भने पूरा हुन सकेन। 'म पहिला आर्मीबाट खेल्न चाहन्थेँ तर हामी एनआरएनए भएकोले अस्विकार भयो।'

त्यसपछि हामी एनआरएनएमा गयौँ र एनआरएनकै सहयोगले हामीले यहाँ आएर खेल्न पायौँ। र मैले स्वर्ण पदक जित्न पाएं। आर्मीबाट खेल्न नपाएपनि एनआरएनएको शिर उचोँ बनाएका नाथनले खुशी हुँदै भने।

'धन्यवाद मलाई यहाँ स्विम गर्ने अवसर दिनएको मा र जोइन गरेकोमा।'

उता नाथनको आमा छिरिङ शेर्पा पनि छोराको सफलाता देखेर दंग परेका छन्। 'म एकदमै खुशी छु नाथनको सफलतामा। आई फिल प्राउड।'

'नेपाल पौडी संघ र एनआरएनएको समन्वयमा हामी आएका हौँ। हामीलाई यस अवसर दिएकोमा सबैलाई धन्यवाद।'

नाथनको परिवार २८ वर्षदेखि अमेरिकामा बस्दै आएको छ। 'नाथन ट्विन हो। उ खेल्नमा चलाख छ अर्को पढ्नमा। नाथनको पढाई पनि राम्रो छ।' छिरिङले भने।

 

 

नेपाली खेलाडीले पनि राम्रो खेले

नेपाली खेलाडीहरुले राम्रो च्यालेन्ज दिएकाले आफूले पनि राम्रो गर्न सकेको नाथनको भनाई छ।

केही नेपाली खेलाडिहरु साँच्चिकै फास्ट थिए। म भन्दा फास्ट थिए। जसले गर्दा प्रतिस्पर्धा पनि भयो।

उनले प्रतियोगितामा एकदमै रमाइलो भएको पनि सुनाए। सबै रेस एकदमै प्रतिस्पर्धात्क भयो। फन पनि भयो। एकदमै रमाइलो गरेँ मैले।

 

अझै मेहनत गर्नेछु

अमेरिकाको ट्वीन्स एभिएसन स्कुलमा पढिरहेका नाथन इन्जिनिएरिङमा विद्यार्थी हुन। म एभिएसन फिल्डको इन्जिनिएरिङ पढिरहेको छु। हाम्रो ट्विस्टर स्विमिङ टिम छ। उता पनि स्विमिङ टुर्नामेन्टमा प्रतिस्पर्धा गरिरहेका छौँ।

यस पटक उनी छुट्टी मिलाएर नेपालमा खेल्न आएका हुन्। नेपालमै आगामी डिसेम्वरमा हुने सागको लागि आठौँ छनोट खेल पनि हो। अब आठौँमा उत्कृष्ट भएका खेलाडीहरु नै सागको तयारीका लागि छानिनेछन्। त्यसमा स्वभाविक रुपमा नाथन पनि पर्छन्।

उनले साग खेल्नको लागि अझै धेरै मिहेनत गर्नुपर्ने बताए। अब साग सम्म म अझै कडा मेहनत गर्नेछ। अहिलेसम्म मैले त्यति धेरै महेनत गरेको छैन। आठौंमा ५ स्वर्ण जितेका नाथनले मिहेनतको महत्व समेत बुझिसकेका छन्।

'म आफ्नो कोचबाट अझै राम्रो टिप्स सिक्न चाहन्छु। कोचलाई सागमा ल्याउन चाहन्छु।'

पहिलो पटक नेपालमा बृहत खेलकुदमा ५ स्वर्ण जित्दै शनशनी मच्चाएका नाथनले पौडीमा भविष्य बारे अहिले केहि सोचेका छैनन्। पौडीमा मेरो कुनै अल्टिमेल गोल छैन। म स्मिम गर्न चाहन्छु। अरु जस्तै र आनन्द लिन चाहन्छु। इट्स फन फर मी।

उताको नाथनको आमा भने नेपालमै हुने साग खेल्न पाए अझै राम्रो हुन बताउँछिन्। 'अब सागको लागि पनि आउने प्रयास गर्छौँ। यदी नाथनले खेलेर नेपालको लागि पदक जित्यो भने त्यो झनै गर्वको क्षण हुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell