PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मिनेर्भा विरुद्ध जितका लागि खेल्छौँ : मनाङका प्रशिक्षक छिरिङ लोप्साङ



गोविन्दराज नेपाल

मिनेर्भा विरुद्ध जितका लागि खेल्छौँ : मनाङका प्रशिक्षक छिरिङ लोप्साङ

काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह चरणको तेस्रो खेल खेल्न नेपालको ए डिभिजन लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी क्लब आज भारत जाँदैछ।

समूह इ अन्तर्गत मनाङले बुधवार भारतीय क्लब मिनेर्भा पञ्जावसँग खेल्दैछ। खेल पञ्जावको घरेलु मैदानमा हुँदैछ।

यसअघिका दुवै खेलमा पराजित भएको मनाङको लागि यो खेल जित्नैपर्ने दबाब छ।

भारत जानुअघि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले मिनेर्भा विरुद्ध जितकै लागि खेल्ने पहिलोपोस्टलाई बताए।

'हामीले ८-१० दिनको तयारी गरेका छौँ। हामी यस पटक मिनेर्भा विरुद्ध जितकै लागि खेल्छौँ।'

उनले दुई खेल हारेपनि प्रतियोगितामा अघिल्लो चरणको सम्भावना बाँकी नै रहेको बताए।

'हामीले ६ खेलमा २ खेल मात्र हारेका हौँ। अझै चार खेल बाँकी छ। त्यसैले मिनर्भा विरुद्धको खेल जसरी पनि जित्न पर्न अवस्थामा छ। दुवै क्लबको लागि यो खेल जित्नैपर्ने अवस्थामा छ।'

'मिनेर्भाको पनि दुई बराबरी बाट २ अंक छ। हामीले अंक जोड्न बाँकी छ।'

उनले यस पटक रणनीतिमा परितर्न गर्ने समेत बताए। 'हामी प्लेइङ सेटमा २-३ खेलाडी परिवर्तन गर्छौँ र फरक रणनीतिका साथ खेल्नेछौँ।'

मनाङ घरेलु मैदानमा खेलेको पहिलो खेलमा बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग १-ले पराजित भएको थियो।

यस्तै दवस्रो खेलमा भारतीय क्लब चेन्नायीन एफसीसँग २-० ले पराजित भएको थियो।

मनाङ र मिनेर्भाबीचको खेल बुधवार साँझ भुवनेश्वरस्थित कालिङगा मैदानमा हुनेछ।

 

अंकतालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell