PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

स्वदेश फर्कियो च्याम्पियन टिम, 'सबैले राम्रो खेलेकाले उपाधि जित्न सक्यौँ'



गोविन्दराज नेपाल

स्वदेश फर्कियो च्याम्पियन टिम, 'सबैले राम्रो खेलेकाले उपाधि जित्न सक्यौँ'

काठमाडौँ : थाइल्याण्डमा भएको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली युवा टोली सोमवार स्वदेश फर्किएको छ।

हिजो सम्पन्न फाइनलमा नेपालले मलेसियालाई ५९ रनले पराजित गर्दै लगातार दोस्रो उपाधि जितेको हो।

उपाधि रक्षा गर्न सफल नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले स्वागत गरे।

एज ग्रुपमा सँधै बलियो रहँदै आएको नेपाली टोलीले यस पटक पनि आफूलाई अब्बल सावित गर्दै अपराजित रहेर च्याम्पियन बनेको हो।

नेपालले समूह चरणमा मलेसिया र म्यानमारलाई पराजित गरेको थियो भने थाइल्याण्ड विरुद्धको खेल वर्षाले प्रभावित हुँदा अंक बाँडेको थियो।

यस्तै सेमिफाइनलमा हङकङलाई पराजित गरेको नेपालले फाइनलमा पुन: मलेसिायलाई नै हराउँदै उपाधि जित्यो।

प्रतियोगितामा नेपालका कप्तान विशाल विक्रम केसी म्यान अफ दि सिरिज घोषित भएका थिए।

आफ्नो कप्तानीमा नेपाललाई च्याम्पियन बनाएर स्वदेश फर्किएपछि विशालले यस प्रतियोगिताबाट युवा खेलाडीले नयाँ-नयाँ कुरा सिक्न पाएको प्रतिक्रिया दिए।

‘समग्रमा टुर्नामेन्ट राम्रो भयो। नयाँ-नयाँ खेलाडीहरु भएकाले नयाँ कुराहरु पनि सिक्ने मौका पाइयो।‘

यस्तै प्रशिक्षक बसन्त शाहीले जुनियर क्रिकेट बेस भएकोले यस भ्रमणले खेलाडीलाई मोटिभेसन प्रदान गर्ने बताए। ‘यो जितले भोलीको दिनमा क्रिकेटको विकास र विस्तारमा सहयोग पुर्‍याउँछ।‘

 

च्याम्पियन बनेर फर्किएपछि कप्तान र कोचको प्रतिक्रिया

 

विशाल विक्रम केसी, कप्तान

टुर्नामेन्ट राम्रो भयो। सबै नयाँ नयाँ खेलाडीहरु भएकोले नयाँ नयाँ कुराहरु सिक्ने मौका पाइयो। राम्रो राम्रो टिमसँग खेल्न पाइयो। क्वालिटी डेभलप गर्ने कन्फिडेन्स डेपलप गर्न पाइयो।

कुनै पनि सहज भन्ने हुँदैन। अपोनेन्टलाई कहिल्यै लुज मानेर खेल्न हुँदैन। इन्टरनेशनल म्याचमा खेल्ने दुवै टिम नै राम्रो हुन्छ।

केटाहरु सबैले राम्रो खेले। बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो इफोर्ट दिएर खेलेकोले सजिलो जित देखिएको हो। तर सबैको इपोर्ट राम्रो थियो।

यहाँको विकेट भन्दा त्यहाँको विकेट धेरै फरक थियो। त्यसले गर्दा सबैलाई खेल्न गाह्रो भयो। रन बनाउन संघर्ष गरिरहेको थियो। तैपनि उनीहरु आफ्नो विकेट बचाएर रन बनाउँदै टिमलाई जित दिलाए। सन्तुष्ट छु।

 

बसन्त शाही, प्रशिक्षक

यो क्रिकेटको बेस हो। यस जितले खेलाडीलाई मोटिभेसन प्रदान गर्छ। यो जितले भोलीको दिनमा क्रिकेटको विकास र विस्तारमा सहयोग पुर्‍याउँछ

तर क्यान सस्पेनसनमा भएर अभिभावक नभाको हो कि जस्तो भाछ।

हाम्रो क्याम्प पनि छोटो समयम भयो। खेलाडी, प्रशिक्षक, अफिसियलहरुको सहयोगले यो जित हात पारेको हो।

क्रिकेटलाई निरन्तर रुपमा विकास गर्दै लाने हो भने जग बलियो बनाउनु जरुरी छ। किनभने हामी ओडिआई नेशन हो। जुन सिनियर प्लेअर अहिले खेलिराछन् धेरैमा ३ देखि ५ वर्षसम्म खेल्लान्। त्यसपछि हामीले बेन्च स्ट्रेन्थ पनि हेर्नुपर्‍यो।

त्यसको लागि भावी खेलाडी तयार पार्ने भनेको यही जगबाट हो। जबसम्म जग बलियो हुँदैन माथिल्लो संरचना कहिल्यै बलियो हुन सक्दैन।

क्यान नभाको बेला हामी क्याम्प मात्र राखेर जानु पर्ने अवस्था थियो। युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलुकद परषिद् र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले एउटा टुर्नामेन्ट आयोजना गरेको थियो। त्यसबाट हामीले राम्रो खेलाडी छनोट गर्ने मौका पायौँ। नत्र हामीलाई छनोटमा पनि अफ्ठ्यारो थियो।

हामी यहाँबाट जति सोचेर हिँडेका थियौँ। ब्याटिङ हाम्रो स्ट्रोङ नै मानिराथ्यौँ। स्पिन डिपार्टमेन्ट राम्रो नै थियो।

त्यहाँ गएपछि चाँही विकेट अली फरक पायौँ। खेल्न अलि असहज भइराथ्यो। बाउन्सी भइराथ्यो। त्यसले गर्दा ब्याटिङ गर्न अलि असहज थियो।

सकेसम्म हामी विकेट बचाएर १५० रन बनाउन सके हामी कुनै पनि टिमलाई परास्त गर्न सक्छौँ भन्ने थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell