PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

'क्रिकेट एसोसिएसन नभई केही हुँदैन'



गोविन्दराज नेपाल

'क्रिकेट एसोसिएसन नभई केही हुँदैन'

काठमाडौँ : पछिल्लो समय नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहेको छ। गत वर्ष जिम्बावेमा भएको वर्ल्डकप क्वालिफायरपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआईको मान्यता पनि पायो।

क्रिकेटको सफलताले नेपालकै नाम उचो भएको छ। अझ युवा स्टार सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग लगायत विश्वका आधा दर्जन बढी टी २० फ्रेन्चाइज्ड लिग खेलेपछि नेपाली क्रिकेटको चर्चा विश्वभर छ।

नेपालले ओडिआई मान्यता पाएको एक वर्षभित्र २ वटा सिरिज खेल्यो भने युएई विरुद्धको सिरिज जित्दै ऐतिहासिक सफलता हात पारिसकेको छ। यही बीचमा पहिलो पटक टी २० सिरिज पनि नेपालले जितिसकेको छ।

यी सफलताको कथा हुँदाहुँदै पनि नेपाली क्रिकेटमा केही अधुरा विषय छन्। कमजोरीहरु छन्। सफलताका साथै साथै ति विषयहरुको कारण नेपाली क्रिकेटले चाहेजति सफलता हात पार्न सकेको छैन।

अहिले क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ क्यान नै आइसीसीको निलम्वनमा छ। यस्तो बेला नेपालले धेरै पाउनुपर्ने सहयोगहरु पनि गुमाइरहेको छ भने उमेर समूह र राष्ट्रिय स्तरका प्रतियोगिताहरु हुन सकिरहेको छैन।

नेपाली क्रिकेट टिमले जब अन्तर्राष्ट्रिय स्तरमा सफलता हात पार्छ त्यो सफलताको समाचारसँगै अर्को जानकारी पनि थपिन्छ। नेपाल अहिले आइसीसीको निलम्वनमा छ। क्यान निलम्वनमा परेको ३ वर्ष भइसक्यो। त्यसका बावजुत पनि खेलाडीले आफ्नो मेहनतले खेलेर सफलता हात पारिरहेका छन्।

यदी नेपाल आइसीसीको निलम्वनमा हुन्थेन भने यो जानकारीको सट्टा अरु नै विषयले स्थान पाउन सक्थ्यो तर त्यसो हुन सकिरहेको छैन।

बिहीवार सरकारले नेपालको राष्ट्रिय क्रिकेट टिमलाई नगदसहित सम्मान गर्‍यो। सम्मानले खेलाडीलाई खुशी बनाउदा उत्साहित तुल्याउँछ अनी थप राम्रो खेल्न जोश जाँगर र हौसला मिल्छ। तर नेपाली क्रिकेटर, अफिसियल र समर्थकलाई क्रिकेटको राम्रो समाचार बनाउँदा पनि समस्याले पिरोल्छ। 'निलम्वन कहिले हट्छ हनी कहिले हामीले स्वतन्त्र भएर खेल्न पाउँछौँ। सबै सुविधा पाउछौँ।'

सरकारको सम्मान कार्यक्रम पनि यस विषयबाट अछुतो रहन सकेन।

नेपाली राष्ट्रिय टिमका कप्तान, मुख्य प्रशिक्षक जगत टमाटा सहित टोली नगद सम्मान थाप्न सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेको थियो।

मन्त्री जगत बहादुर विश्वकरुमा सनारले कप्तान पारससहितका १६ खेलाडीलाई पूर्व घोषित कार्यक्रम अनुसार ५-५ लाखको चेक थमाए। अनी प्रशिक्षकलाई ३ लाख र बाँकी ४ अफिसियललाई २-२ लाखको चेक दिए।

यसबाट खेलाडीहरु पक्कै उत्साहित भएका छन् र खुशी पनि भएका छन् देशको लागि सफलता हात पार्दा राज्य र सरकारले कदर गर्‍यो भनेर। 'सबैजना खुशी छौँ। ढिलै भएपनि सम्मान पायौँ। अब वर्ल्डकप क्वालिफायर आइराछ। त्यसमा राम्रो प्रदर्शन गर्न यसले खेलाडीहरुलाई हौसला मिल्छ।' युएई विरुद्ध खेलेर राष्ट्रिय टोलीमा डेब्यु गर्दै टी २० सिरिजको म्यान अफ दि सिरिज चुनिएका फास्ट बलर अभिनाश बोहराले भने।

तर पुरस्कार र सम्मानसहित उनीहरुलाई चिन्ता पनि लागको छ। कप्तान पारसले मन्त्री, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष र सदस्य सचिव भएको बेला निल्मवन फुकुवा गर्न पहल गर्दिन फेरि आग्रह गरे।

पारसले विभिन्न कार्यक्रमहरुमा बारम्बार यो कुरा भन्दै आएका छन्।

उनले खेलकुदको उच्च निकायहरु एकै ठाउमा भएको बेला क्यान निलम्वनमा हुँदा चाहेजति सफलता प्राप्त गर्न नसकेको गुनासो राखे।

विवाद समाधानका लागि सरकारी पक्षबाट मन्त्रीज्यू र सदस्यसचिवज्यूहरुले आईसीसीसँग फुकुवाको लागि पहल गर्नुपर्‍यो। पारसले भने हामीले धेरै कुरा गुमाइसकेको छौँ।

उनले मैदानमा गरेको प्रदर्शनको आधारमा सम्मान मिलेको र अझै धेरै मिहेनत गर्न बाँकी रहेको पनि बताए। 'मैदानमा गरेको मिहनेतको कदर भएको छ। अझै धेरै नतिजा ल्याउन बाँकी छ। ओडिआई नेशन भएपछि जिम्मेवारी धेरै छ। नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै राम्रो नतिजा ल्याउन बाँकी छ।'

पारसले खेल, त्यसको सफलता, सम्मान र आगामी दिनमा गर्नुपर्ने विषय यसरी राखे। तर निलम्वन फूकुवा नभएसम्म आगामी दिनमा नेपालले कस्तो सफलता हात पार्न सक्ला? त्यो नै मुख्य चिन्ताको विषय बनेको छ।

पारस मन्त्री र राखेपका उपाध्यक्षले सम्बोधन गरे। मन्त्री विश्वकर्माले यस बारे केही बोलेनन्। तर राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने क्यान निलम्वन फूकुवा र विवाद समाधातिर लागिरहेको र त्यसका लागि विभिन्न निकायसँग छलफल भइरहेको जानकारी दिए।

‘क्यानको विवाद समाधान गर्न हामी लागिरहेका छौँ। अब यो विवाद धेरै लामो समय रहँदैन। अब हामी छिट्टै तपाईहरुसँग बसेर त्यसको निकासका बारेमा छलफल गर्नेछौं।’

यस्तै सम्मानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले सम्मानित हुँदा खेलाडीमा हौसला बढ्ने र राम्रो प्रदर्शन गर्न प्रेरणा मिल्ने बताए।

तर उनले पनि क्यान निलम्वन हुँदा नेपालले धेरै गुमाइरहेको सुनाए। 'क्यान नहुँदा हामीलाई गाह्रो परिरेहको छ। हामीले मात्र केही गर्न सक्दैनौँ।' टमाटाले भने, 'क्रिकेट एसोसिएसन नभई केही हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell