PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने नेपालको लक्ष्य : कप्तान सुरज गुरुङ (अन्तर्वार्ता)



गोविन्दराज नेपाल

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने नेपालको लक्ष्य : कप्तान सुरज गुरुङ (अन्तर्वार्ता)

काठमाडौं : नेपालले दोस्रो पटक वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीपमा सहभागिता जनाउँदैछ। यही मे १३ देखि अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित टुली रिभरमा हुन लागेको वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीप (डब्लुआरसी ) - २०१९ मा नेपालबाट शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ दिपेश गुरुङ, सुरज गुरुङ, रविल मियाँ, सविन गुरुङ र मिलन गुरुङले प्रतिस्पर्धा गर्दैछन्।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको गत फागुनमा आयोजना गरेको तेस्रो नेशनल र्‍याफ्टिङ च्याम्पियनसीपमा नेपाल र्‍याफ्ट एण्ड कायक क्लब च्याम्पियन बनेको थियो। त्यही क्लबका खेलाडीले यसपटक वर्ल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दैछन्।

सन् २०१७ मा जापनमा भएको च्याम्पियनसीपमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो। त्यतिबेला नेपाल हेड टु हेड च्यालेन्ज इभेन्टमा चौथो भएको थियो। गत वर्ष अर्जेन्टिनामा भएको च्याम्पियनसीपका लागि नेपालबाट प्याडल नेपाल छनोट भएपनि बजेटका कारण सहभागिता जनाउन सकेन। नेपालले फेरि वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्दैछ।

सुरज गुरुङको कप्तानीमा सात खेलाडी र प्रशिक्षक नीमबहादुर मगरसहित ८ सदस्यीय नेपाली टोली आज अष्ट्रेलिया प्रस्थान गरेको छ।

सबै खेलाडीको लागि यो पहिलो वर्ल्ड च्याम्पियनसीप हुनेछ। सोमवार नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले सिंहदारवारस्थित मन्त्रालयमै बिदाई गरेका थिए। त्यसै अवसरमा पहिलोपोस्टका गोविनदराज नेपालले टोली नेता सुरज गुरुङसँग नेपालको तयारी, सहभागिता र लक्ष्यको बारेमा गरेको कुराकानीको अंश:

पहिलो पटक वर्ल्ड च्याम्पियन खेल्न जादै हुनुहुन्छ तयारी कस्तो छ?

सुरुमा हामीले त्रिशुलीमा क्लोज क्याम्प राखेको थियौँ। हामी त्रिशुलीकै रिभर गाइड हौं। ट्रेनिङ पनि त्यही गर्‍यौँ। त्रिशुलीमा १५/२० दिन ट्रेनिङ गरेपछि हामी पोखरा गयौँ। पोखरामा हेम्जाको अपर सेतीमा १ महिना ट्रेनिङ गर्‍यौँ।

त्यसपछि मर्स्याङ्दी अपर फाँटमा ट्रेनिङ गर्‍यौं। मर्स्याङ्दी  र अब गेम हुने अष्ट्रेलियाको खोला चाहिँ उस्तै-उस्तै छ। यहाँ र उताको एउटै रेन्ज र ह्याइट छ।

त्यहाँको र्‍यापिड र पानीको भोलुम हेरेर हामीले यता तयारी गरेका हौँ। उता र यताको वेग उस्तै भएपछि त्यहाँ ट्रेनिङ गर्‍यौँ। दुई महिनामा हामीले तीन वटा खोला त्रिशुली, सेती र मर्स्याङ्दीमा तयारी गर्‍यौँ।

दुई महिनाको तयारीले पुग्छ त?

हामीले सकेसम्म जति धेरै तयारी गर्‍यौ त्यति नै पावर र ट्रिकहरु सिक्ने हो। सकेसम्म हामी फस्ट हुने लक्ष्य नै हो। त्यसरी नै तयारी गरेका छौँ। अब कस्तो हुन्छ थाहा छैन।

हाम्रो भिजा र टिकट ढिला भयो। अब उता गएर थोरै दिन मात्र ट्रेनिङ हुन्छ। हामी अप्रिल ८ मा पुग्छौँ अनि ९ देखि १२ सम्म उता तयारी गर्छौँ।

अप्रिल १३ देखि हामी डब्लुआरसीको बेस भित्र छिर्छौँ। १५ सम्ममा र्‍याफ्ट देखि लिएर सबै तयारी गरिसक्नुपर्छ। अनि १६ देखि १९ सम्म हाम्रो गेम हुन्छ।

यो र्‍याफ्टिङमा कस्तो खालको प्रतिस्पर्धा हुन्छ?

सुरुमा हामीले स्प्रिन्टमा प्रतिस्पर्धा गर्छौँ। २५० मिटरको स्प्रिन्ट हुन्छ। त्यसलाई थोरै समयमा पूरा गर्नुपर्ने हुन्छ।

त्यसपछि हेड टु हेड हुन्छ। जसमा दुई वटा बोटसँगै छाडिन्छ। त्यसमा जो अगाडि पुग्छ उही फस्ट हुन्छ।

तेस्रो स्लोलम भन्ने हुन्छ। खोलामा पानीको र्‍यापिड छाल हुन्छ। अफ्ठ्यारो हुन्छ। डाउनस्ट्रिम र अपस्ट्रिम गेट जस्तो बनाइको हुन्छ। त्यो पार गर्नुपर्छ। जसले राम्रो टाइममा कभर गर्न सक्यो उही अगाडि हुन्छ।

अन्तिममा डाउनरिभर रेस हुन्छ।

स्प्रिन्टको सय अंक, हेड टु हेडको दुई सय अंक, स्लालमको तीन सय अंक र डाउन रिभरको चार सय अंक हगरी कूल १००० अंक हुन्छ। त्यसमा ओभरअल जसले बढी अंक ल्याउँछ उही विनर हुन्छ।

तपाईँ बाहिर पनि काम गर्नुहुन्छ?

म आइसल्याण्डमा काम गर्दै आएको छु। उता काम गर्न थालेको ३ सिजन भइसक्यो।

बाहिर चाहिँ केके गर्नुहुन्छ?

हामी बाहिर पनि काम गराउन जाने हो। त्यहाँ अरुलाई र्‍याफ्टिङ गराउने टुरिष्टहरुलाई र्‍याफ्टिङ गराउने हो।

६ महिना उता काम गरेर नेपाल फर्कने। अनि यहाँ बाँकी समय काम गर्ने।

वर्ल्ड च्याम्पियनसीप र बाहिरको समय एकै पटक हुँदा कसरी मिलाउनुहुन्छ?

यसपाली नै त्यस्तै भयो। मेरो नि त्यस्तै पर्‍यो। उता काम। यता वर्ल्ड च्याम्पियनसीप।

उता सिजन सुरु भइसक्यो। अप्रिलमा जानुपर्ने अनि अक्टोबरमा फर्कुनपर्ने। तर मैले अप्रिल र मे महिनाको काम हापेर च्याम्पियनसीप खेल्न लागेको हो।

भनेपछि राष्ट्रको लागि खेल्न जागिर हाप्नुभयो?

हो म राष्ट्रको लागि खेल्न तयार भएको।

बाहिर काम गर्दा आम्दानी चाहिँ कस्तो हुन्छ?

बाहिर कम्पनी हेरेर हुन्छ। कसैको धेरै छ कसैको थोरै छ। जापान जानेहरुको मलाई थाहा छैन। मेरो चाहिँ २६ सय डलर पर मन्थ हुन्छ। आइसल्याण्डमा राम्रै छ।

अब तपाईँकै बारेमा कुरा गरौँ। कसरी लाग्नुभयो र्‍याफ्टिङमा?

मेरो घर चाँही त्रिशुली किनारमै हो। फिस्लिङ पारीपट्टि गोरखा जिल्लामा हो। सानैदेखि खोलामा पौडी खेल्थ्यौँ। खोलामा खेलेर हुर्केको। मेरो ड्याड पनि रिभर गाइड हुनुहुन्थ्यो। 

स्कुल सकिएपछि प्लस टु ज्वाइन भएँ। बिहान कलेज गएपछि दिउँसो चाहिँ ड्याडले मलाई खोलामा जाम भनेर लिएर जानुहुन्थ्यो। त्यसरी सुरु भएको हो।

सन् २०११ बाट मैले र्‍याफ्टिङ सुरु गरेको हो।

कसरी छनोट हुनुभयो वर्ल्ड च्याम्पियनसीपमा?

हामी नेपाल र्‍याफ्टिङ एण्ड क्यानोनिङ संघले गरेको राष्ट्रिय प्रतियोगिता जितेर वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसीपमा छनोट भएका हौँ। नेपाल र्‍याफ्ट एण्ड कयाक क्लबाट खेल्दै हामीले जितेका थियौँ। म त्यो क्लबको मेम्बर पनि हुँ।

नेपाली खेलाडीलाई विदेशमा गएर खेल्न गाह्रो छ। बजेट पनि धेरै लाग्छ कसरी तयारी गर्नुभयो?

सर्वप्रथम गेम जितेपछि हामीले नारा क्यानिनङ एसोसिएसन, हिमालयन रिभर गाइड एसोसिएसन (हार्गन), टिम क्याप्टेन, क्लबका अध्यक्ष लगायत सबैको मिटिङ भयो।

त्योभन्दा अगाडि हामीले नेता प्रचण्डलाई भेटेका थियौँ। हामीले जितेपछि सम्मान कार्यक्रम राख्न पहल भयो।

गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र इच्छाकामना गाउपालिका गरी चारवटा गाउँपालिकाको अध्यक्षले सम्मान कार्यक्रम राख्नुभयो र सम्मानमा कार्यक्रममा सबैले नगद दिन्छु भनेर बोल्नुभयो।

बेनिघाटले ५ लाख दिन्छु भन्नुभयो। इच्छाकामनाले त्यो भन्दा बढी दिन्छु भन्नुभयो। गण्डकीले २ लाख दिनुभयो। शहीद लखनले १ लाख।

उहाँहरुले भनिसकेपछि हामीलाई आँट आयो र अब ट्रेनिङमा लाग्नुपर्छ भनेर जोश आयो।

ट्रेनिङतिर लाग्यौँ। ट्रेनिङतिर खासै समस्या भएन हामीलाई। पैसा जुटाइराछौँ भनेर गेमतिर फोकस भयौँ।

तर अन्तिमम अझै पुगेन। पैसा त भयो तर 'इनफ' भएन। सबै खर्च आफैँ गर्नुपर्छ। फ्लाइट टिकटमा धेरै खर्च भयो।

राष्ट्रिय खेलकुद परिषद् र सरकारबाट कस्तो सहयोग छ? व्यक्तिगत खर्च पनि भएको होला?

व्यक्तिगत खर्च पनि हुन्छ नै। यति ठूलो गेम खेल्न आँटेपछि राज्यको मुख मात्र हेरेन भएन। आफ्नो पनि खर्च भइहाल्छ। अब बिस्तारै कभर हुन्छ होला। देशको लागि खेल्नको लागि हामीले आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेका छौँ।

के चाहिँ गर्देहुन्छ जस्तो लाग्छ?

मुख्य भनेकै पैसा नै हो। अपुग भनेकै पैसा हो। सकेसम्म खेलकुद मन्त्रालयबाटै सहयोग हुनुपर्ने हो। पर्यटन मन्त्रालयहरु जस्तोबाट भए राम्रो हुन्थ्यो। स्थानीय निकायबाट भन्दा पनि केन्द्रबाट सहयोग भए अझ राम्रो हुनुथ्यो।

यसपटक नेपालको लक्ष्य के छ?

हामीले यस पटक राम्रै तयारी गरेका छौँ। पदक जित्ने लक्ष्य छ। सकेसम्म गोल्ड मेडल नै जित्ने नसके पनि एउटा पदक चाहिँ ल्याउने लक्ष्य छ।

करीब ३० देशको सहभागिता छ। ब्राजिल, जापान कोस्टारिकाहरु राम्रो छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a8080584713e1.95886014): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a8080584713e1.95886014,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293