PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

नेपाल आइस फुटसलः सफ्ट नेप र भोग एड प्रि क्वार्टरफाइनलमा



नेपाल आइस फुटसलः सफ्ट नेप र भोग एड प्रि क्वार्टरफाइनलमा

ललितपुर: नेपाल विज्ञापन संघ (आन)को आयोजनामा जारी ‘नेपाल आइस आन फुटसल टुर्नामेन्ट’मा समूह चरणका खेलहरु सकिएका छन्। ३२ टिम सहभागीमध्ये लिगका खेलहरु सकिएसँगै शुक्रबार प्रि क्वाटरफाइलन र क्वाटरफाइनल तथा शनिबार सेमिफाइनल र फाइनल खेल हुने छन्।

समूह चरण अन्तर्गत बिहीबार समूह ए र बी का खेलहरु भएका थिए। समूह ए बाट सफ्ट नेप र सर्वोत्तम सिमेन्ट प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सर्वोत्तम सिमेन्टलाई ३–१ गोल अन्तरले पराजित गरेको सफ्ट नेपले सगरमाथा टिभीमाथि ९–१ गोलको जित दर्ता गर्न सफल भयो। अन्तिम खेलमा हिच हाइकरमाथि ५–१ को जीत दर्ता गर्दै समूह विजेता बनेको हो। सर्वोत्तम सिमेन्टले पहिलो खेलमा सफ्ट नेपसँग १–३ गोल अन्तरले पराजित भए पनि दोस्रो खेलमा हिच हाइकरमाथि ३–१ गोलको जीत दर्ता गरेको थियो। 

अन्तिम खेलमा सगरमाथा टिभीलाई ५–० गोलको जित दर्ता गर्दै समूह उप विजेता बनेको थियो।

समूह बीबाट भोग एड एण्ड इभेन्ट र बराह ज्वेलयर्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। यो समूहमा डिफेन्डिङ च्याम्पियन आउट रिच रहेकोमा उसले समूह चरण पार गर्न सकेन।

आफ्नो पहिलो खेलमा भोग एडले आउटरिच माथि ३–२ गोल अन्तरको जित निकाल्दा म्याक्स मिडिया माथि ९–० को जीत निकाल्दा बराह ज्वलेर्सलाई ५–४ को गोलको कठिन जित दर्ता गरेको थियो। 

यसैगरी उप विजेता बनेको बराहले म्याक्स मिडियामाथि ४–१ गोलको जीत दर्ता गर्दा आउटरिचलाई ३–०ले स्तव्ध पारेको थियो। लगातार दुई खेल जितेको बराहले तेस्रो खेलमा भने भोग एडसँग ४–५ गोलले पराजित भए पनि उप विजेता बन्न सफल भयो।

प्रतियोगिता अन्तर्गत शुक्रबार प्रि क्र्वाटरफाइनलमा कान्तिपुर र एड रिलज तथा मिडिया हब र क्यूएफएक्स भिड्ने छन्।

यसैगरी माछापुच्छ्रे बैंक र मिडिया बास्केट भिड्दा पिक्स इञ्जिनियरिङ सोलुसन र न्यू २४ टिभी आमने सामने हुने छन्।

त्यस्तै शीलापत्र डटकमले मुक्तिनाथ विकास बैंकसँग खेल्दा वेलकम मिडियाले जनता टिभीको सामना गर्ने छ।

अन्तिम प्रि क्वाटरफाइनलका खेलहरुमा सफ्ट नेप र बराह ज्वेलर्स तथा भोग एड इभेन्ट र सर्वोत्तम सिमेन्ट आमने सामने हुने आन फुटसल प्रतियोगिताका संयोजक सन्तोष खड्काले जानकारी दिए।

प्रतियोगिताको विजेताले १ लाख उपविजेताले ७५ हजार नगद पुरस्कार पाउँदा तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने आनका महासचिव राजु कुँइकेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell