PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'चेहरे' फिल्ममा यस्तो देखिए अमिताभ बच्चन



'चेहरे' फिल्ममा यस्तो देखिए अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन र इमरान हास्मी अभिनित फिल्म 'चेहरे' को सुटिङ केही दिन अघिबाट मुम्बईमा भइरहेको छ।

यस फिल्मबाट इमरानले पहिलो पटक अमिताभसँग स्क्रिन सेयर गर्दैछन्। अमिताभसँगै फिल्ममा अभिनय गर्न पाउँदा उनी निकै खुशी छन्।

'मिस्ट्री थ्रिलर' फिल्मका रुपमा प्रतिक्षित रुमा जाफ्रीको निर्देशन हुने सो फिल्ममा अमिताभ बच्चनले निर्वाह गर्ने पात्रको 'फस्ट लुक' सार्वजनिक भएको छ।

अमिताभले ट्वीटर मार्फत आफ्नो 'फस्ट लुक' सार्वजनिक गरेका हुन्। फिल्मको सुटिङ अर्को महिनाको अन्तिमसम्ममा सकाउने योजना रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell