PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सन्दीप लामिछाने चढेको विमानले आकाशमा मार्‍यो दश फन्को, 'मेरो त सातो नै गयो, यस्तो कसैलाई नहोस्'

सन्दीप लामिछाने चढेको विमानले आकाशमा मार्‍यो दश फन्को, 'मेरो त सातो नै गयो, यस्तो कसैलाई नहोस्'

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं: आइपीएल खेलेर नेपाल फर्केका क्रिकेटर सन्दीप लामिछाने रहेको विमानले आज आकाशमा दश फन्को मारेको छ। विमानले काठमाडौंको आकाशमा लगातार फन्को मार्दा आफ्नो सातो गएको लामिछानेले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेले भने, 'दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस।'

आइपीएल २०१९ मा ६ खेल खेल्दै ८ विकेट लिएका नेपाली युवा स्टार लामिछाने आइतबार एअर इन्डियाको फ्लाइटमार्फत २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका थियो। खराब मौसमका कारण विमान करिब २ घन्टा आकाशमा फन्को मार्दै उडेको थियो।

गत वर्ष तीन खेल खेलेका सन्दीपले यसपटक ६ खेल खेल्न पाउनुलाई राम्रो मौका भएको बताए। 

 



ट्रेन्डिङ पोस्ट

Ncell