PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मध्यरातमा पापाराजीलाई संजय दत्तको 'जादू की झप्पी'



मध्यरातमा पापाराजीलाई संजय दत्तको 'जादू की झप्पी'
फोटो: viralbhayani/Instagram

बलिउड नायक संजय दत्तको व्यवहारका बारेमा मिडियामा चर्चा भइरहन्छ। मिडियासँग उनको व्यवहार सजिलै अनुमान गर्न सकिदैन। कहिले उनी हाँसीखुशी अन्तर्वार्ता दिन्छन् त कहिले रिसाएर हिँड्छन्।

पापाराजीहरुले त संजयलाई हैरान बनाउँछन्। धेरैपटक संजयले पापाराजीहरुसँगै झगडा नै गरेका छन्।

तर हालै एक घटना बलिउडमा गसिप बनिरहेको छ।

केहीदिन अघि संजय मध्यरातमा मुम्बई एयरपोर्टमा देखिए। एयरपोर्टबाट बाहिर निस्कने क्रममा संजयको नजर उनको तस्विर लिइरहेको पापाराजी अनिल तिवारीमा गयो।

संजय तिवारी कहाँ जान्छन् र मध्यरातमा एयरपोर्टमा के गरिरहेको भन्ने बारे प्रश्न गर्छन्। तिवारीले आफू संजयको तस्विर लिन कुरिरहेको उत्तर दिन्छन्।

त्यो सुन्नेपछिकै संजयले तिवारीलाई अंगालोमा बाँधे र उनीसँग तस्विर खिचाए।

संजयको व्यवहार देखेर त्यहाँ उपस्थित अन्य मानिसहरु आश्चर्यमा परेको नवभारत टाइम्सले उल्लेख गरेको छ।

अर्का पापाराजीले संजयले अंगालो हालेको तस्विर सार्वजनिक गर्दै संजय 'डाउन टु अर्ग एटिट्युड' रहेको उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell