PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

'सुकेधारा र अनामनगर विस्फोट' दुर्घटना होइन, नियोजित : प्रहरी



'सुकेधारा र अनामनगर विस्फोट' दुर्घटना होइन, नियोजित : प्रहरी

काठमाडौँ: आइतवार सुकेधारा र घट्टेकुलोमा भएको विस्फोट नियोजित भएको प्रहरीले दाबी गरेको छ। आज दुबै स्थानमा ग्यास सिलिन्डर विस्फोट भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले विस्फोटका घटना दुर्घटना नभएर नियोजित भएको बताएका छन्। 

पहिलोपोस्टसँग एसएसपी ज्ञवालीले भने,'यो कुनै दुर्घटना होइन। नियोजित तरिकाले भएको देखिन्छ। घटनाको थप अनुसन्धान गरिरहेका छौं।' 

सुकेधारमा विस्फोट हुँदा ६ जना र अनामनगरमा दुई जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell