PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

आलोचनाकाबीच अमेरिकी राजदूतको 'गफगाफ'



आलोचनाकाबीच अमेरिकी राजदूतको 'गफगाफ'

काठमाडौं: अमेरिकी राजदूत र्‍यान्डी बेरीले साता अगाडि सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश दिए, 'चालीस लाख नेपाली फेसबुक तथा ट्विटर प्रयोगकर्तालाई भेट्न सक्दैनौँ। त्यसैले हामीले नयाँ सिरिज सुरु गर्दै छौँ राजदूतसँग गफगाफ।'

अमेरिकी राजदूतको यो घोषणासँगै सार्वजनिक रुपमा अमेरिकी राजदूतको आलोचना तथा सरकारमाथि प्रश्न सोझियो। अमेरिकी राजदूतले जस्तै भारतीय र चिनियाँ राजदूतहरुले पनि यस्तै कार्यक्रम गरे के गर्ने भनेर प्रश्न आयो। 

सामाजिक सञ्जालमा आएका यस्ता आलोचनाका बाबजुद पनि अमेरिकी दूतावासले 'राजदूतसँग गफगाफ' कार्यक्रमलाई अगाडि बढाएको छ। गफगाफको पहिलो सिरिज आज सार्वजनिक भएको छ। 

कार्यक्रमको पहिलो सिरिजमा अमेरिकी राजदूत बेरीले अमेरिकामा पढ्न जान चाहने विद्यार्थीसम्बन्धी नेपाली विद्यार्थी प्राचीको प्रश्नको जवाफ दिएका छन्।

भिडियोमा प्राचीले अमेरिका पढ्न जाने सोच बनाएका विद्यार्थीहरुलाई के सल्लाह दिनुहुन्छ भन्दै प्रश्न सोधेकी छन्। जवाफमा उनले यसबारे जानकारी दूतावासका शिक्षासम्बन्धी सल्लाहकारहरुलाई आएर भेट्न तथा उनीहरुको सुझाव लिन भनेका छन्। 

कुटनीतिज्ञले कुनै पनि देशमा जाँदा आफ्नो कुटनीतिक मर्यादा राख्नुपर्नेमा अमेरिकी राजदूतले यसको उल्लंघन गरेको कुटनीतिक मामिलाका जानकारहरु बताउँछन्।
 
सरकारले राजदूतको गफगाफ कार्यक्रम प्रति ध्यानाकर्षण भएको जनाएको थियो। गत विहीवार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै अन्तर्राष्ट्रिय मान्यता र मर्यादामा रही आफ्ना गतिविधि गर्न अनुरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell