PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एक वर्षका लागि उमेश पटवाल नेपाली क्रिकेट टिमको प्रशिक्षक, लक्ष्य टी २० विश्वकपमा छनोट हुने



गोविन्दराज नेपाल

एक वर्षका लागि उमेश पटवाल नेपाली क्रिकेट टिमको प्रशिक्षक, लक्ष्य टी २० विश्वकपमा छनोट हुने

काठमाडौँ : भारतीय प्रशिक्षक उमेश पटवाल नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

उनी एक वर्षका लागि नेपालको प्रशिक्षकका रुपमा रहनेछन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले राष्ट्रिय खेलकुद परिषदसँगको सहकार्यमा पटवाललाई १ वर्षको लागि प्रशिक्षकको रुपमा पठाएको हो।

एक वर्षको अवधीमा आफ्नो लक्ष्य नेपाललाई अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट गराउनु रहेको बताएका छन्।

पटवाल शुक्रवार सञ्चारकर्मीबीच आधिकारिक रुपमा प्रस्तु भएका थिए। तर पटवालको सम्झौतामा मुख्य रोल खेल्ने राखेपका पदाधिकारी नै कार्यक्रममा उपस्थित थिएनन्। राखेपका सदस्य सचिव केवश कुमार विष्ट आउने भनिए पनि उनी अन्तिम समयमा उपस्थित भएनन्।

पटवाल र राष्ट्रिय टिमका कप्तान पारस खड्काले नयाँ प्रशिक्षकको सम्झौता एक वर्षको लागि भएको जानकारी गराए।

'हाम्रो मुख्य लक्ष्य अष्ट्रेलियामा हुने २०२० को टी २० विश्वकपमा पुग्नु हो। त्यसको क्वालिफायरको लागि हामीसँग समय छ। सबैभन्दा महत्वपूर्ण विषय भनेको प्रतिस्पर्धा हो।' पटवालले भने। पटवालले आफ्नो कार्यकालमा नेपाली क्रिकेटमा प्रोग्रेस गर्ने आशा व्यक्त गरे। 'अहिले एक वर्षको लागि मात्र सम्झौता छ। आशा गरौँ हामी यो समयमा यहाको क्रिकेट कल्चर परिवर्तन गर्न सकौँ।'

उनले राष्ट्रिय टिमको लागि ३० खेलाडीले मात्र नपुग्ने र १००-१५० खेलाडीको पुल हुनुपर्ने र त्यसबाट छनोट गर्नुपर्ने बताए। साथै युवा लेभलबाटै क्रिकेटको विकास गर्न आवश्यक रहेको बताए।

प्रशिक्षक पटवालले नेपाली खेलाडीको प्यासन र डेडिकेसन देखेर नेपालको प्रशिक्षकका रुपमा आएको बताए।

यस्तै कप्तान पारस खड्काले पटवालल नेपाली क्रिकेटको लागि चर्चित नाम रहेको बताए। 'नेपालले ओडिआई स्ट्यासटस पाउन र युएई विरुद्ध सिरिज जित्दा उहाँले महत्वपूर्ण भूमिका खेल्नुु भएको थियो। अहिले एक वर्षको सम्झौता छ। यो सुरुवात मात्र हो।'

यस्तै पारसले नेपाली क्रिकेटलाई स्पेसलिस्ट प्रशिक्षक चाहिन्छ भनेर २-३ वर्षदेखि भन्दै आएपनि बल्ल आएर त्यो पूरा भएको बताए।

'हामी खेलाडीहरु उहाँको आगमनपछि एकदमै आशावादी छौँ। अब अन्तर्राष्ट्रिय खेलहरु छन्। टी २० क्वालिफायर छ। यो वर्ष किन पनि महत्वपूर्ण छ भने हामीले टी २० विश्वकप क्वालिफायर खेल्दैछौँ। आशा छ कि हामी सबै मिलेर नेपाली क्रिकेटलाई माथि लैजान सकुँ।'

पटवाल तेस्रो पटक नेपाली टिमसँग जोडिन लागेका हुन्। यसअघि दुई पटक उनले ब्याटिङ कन्सलट्यान्टको रुपमा काम गरिसकेका छन्। त्यसले गर्दा पनि उनी नेपाली क्रिकेट र खेलाडीसँग परिचित हुन सहयोग पुग्नेछ।

सन् २०१४ मा अफगानिस्तानलाई टी २० विश्वकपमा छनवट गराउँदा पटवाल त्यहाँको ब्याटिङ प्रशिक्षक थिए।

पटवालको आगमनपछि राष्ट्रिय टिमका प्रशिक्षक रहेका जगट टमाटाको रोल अब के हुने भन्ने विषय अगाडि आएको छ।

२०१५ को अन्तिममा तत्कालिन प्रशिक्षक पुबुद दासानायके नेपाल छाडेर क्यानडा फर्किएपछि जगत टमाटाले नेपालको प्रशिक्षण सम्हाल्दै आएका थिए। टमाटाकै प्रशिक्षणमा नेपालले पहिलो पटक ओडिआई स्ट्यास पाएको थियो भने पहिलो ओडिआई र टी २० आई सिरिज जितेको थियो।

यस्तै प्रशिक्षक पटवालको कोचिङ स्टाफमा को-को हुने भन्ने पनि निर्णय भएको छैन। पटवालले यसबारे आइसीसीले नै निर्णय गर्ने बताए। यस्तै कप्तान पारसले स्पेसलिस्ट कोचिङ स्टाफ भएमा राम्रो हुने बताए। उनले स्पेसलिस्ट फिल्डिङ र बलिङ कोच हुनुपर्ने बताए।

'अब सबै कुरा आइसीसीमै निर्भर हुन्छ। आइसीसीले नै नियुक्त गरेर राखेप मार्फत पठाउने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell