PahiloPost

Jun 8, 2026 | २५ जेठ २०८३

लोकसेवाले अपाङ्गता भएका व्यक्तिको आरक्षण घटाएकोमा महासंघको विरोध



लोकसेवाले अपाङ्गता भएका व्यक्तिको आरक्षण घटाएकोमा महासंघको विरोध

काठमाडौं: राष्ट्रिय अपाङ्ग महासंघ नेपालले लोकसेवा आयोगले अपाङ्गता भएको व्यक्तिलाई आरक्षण घटाएकोमा विरोध गरेको छ। आज महासंघको टोली आयोगको कार्यायमा पुगी आयोग अध्यक्ष उमेश मैनालीलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको छ।

निजामति सेवा एेनले अपाङ्गता भएका व्यक्तिलाई पाँच प्रतिशत आरक्षणको व्यवस्था गरेकोमा पछिल्लो सूचनामा ९,१३१ जनामा ३ जनालाईमात्र आरक्षण गरिएको महासंघले जनाएको छ। आयोगको यस्तो कदमले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी एेन २०७४ को उल्लंघन भएको आरोप लगाउँदै पुनर्विचार नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell