PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

प्रधानमन्त्री कप: प्रदेश ३ समूह विजेता, अनिलको शतकले पनि जिताउन सकेन गण्डकीलाई



गोविन्दराज नेपाल

प्रधानमन्त्री कप: प्रदेश ३ समूह विजेता, अनिलको शतकले पनि जिताउन सकेन गण्डकीलाई
फाइल फोटो

काठमाडौं: पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ समूह ए को विजेता बनेको हो।

यस खेलपछि सेमिफानल खेल्ने चार टोलीको टुङ्गोसमेत लागेको छ। अब प्रदेश ३ ले समूह बी को उपविजेता त्रिभुवन आर्मीसँग खेल्नेछ। यस्तै प्रदेश ३ सँग रनरेटमा पछि पर्दै समूह ए को उपविजेता बनेको साविक विजेता एपीएफले समूह बी को विजेता नेपाल पुलिससँग खेल्नेछ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि खड्ग बोहराले सर्वाधिक ४० रन बनाए।

बलिङमा प्रदेश ३ का सूर्य तामाङले ३ र प्रतिश जिसीले २ विकेट लिए।

इशान पाण्डेले अर्धशतक प्रहार गरेपछि प्रदेश ३ ले १५५ रनको लक्ष्य ३३.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

इशानले ५३ रन बनाए। यस्तै कप्तान पारस खड्काले २६ रन योदान गर्दा आदिल खानले नटआउट ३३ रन बनाए। 

यसै समूहको अर्को खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले अनिल गुरुङको शतक मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २३४ रन बनाएको थियो। अनिलले ११५ रन बनाएका थिए। बलिङमा प्रदेश ५ का अनिल खरेलले ५ विकेट लिए।

जवाफमा सौरभ खनाले ९० रन बनाएपछि १ बल अगावै प्रदेश ५ ले ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

यो खेल जितेपनि प्रदेश ५ सेमिफाइनल भने पुग्न सकेन। ४ खेलबाट ५ अंक जोडेको प्रदेश ५ समूह ए मा प्रदेश ३ र एपीएफपछि तेस्रो स्थानमा रहेर बाहिरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell