PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लर्निङ जोन एकेडमी च्याम्पियन



लर्निङ जोन एकेडमी च्याम्पियन

काठमाडौं : दोस्रो संस्करणको गोल्डेन गेट अन्तर विद्यालय फुटसल प्रतियोगिता (फुटसल मेला) को उपाधि लर्निङ जोन एकेडमीले जितेको छ। शनिबार भएको फाइनलमा करियर बिल्डिङ एकेडमीलाई २-१ गोल अन्तरले पराजित गर्दै लर्निङले उपाधि जितेको हो।

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा लर्निङका लागि प्रविन लामा र प्रमित मगरले एक एक गोल गरे। करियरका आकाश साहले एक गोल फर्काए।

कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगिताको उपाधिसंगै लर्निङले नगद ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो। उपविजेता करियरले २० हजारमा चित्त बुझायो।

यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर लर्निङका अजिज गुरुङ, डिफेन्डरमा करियरका आकाश साह, मिडफिल्डरमा आयुष श्रेष्ठ, फरवार्डमा लर्निङ प्रविन लामा र प्रशिक्षकमा सनसाइनका आशिष दाहाल उत्कृष्ट चुनिए। उत्कृष्ट हुनेले ट्रफी सहित प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजु काजी शाक्य, नेपाल बैंक लिमिटेडका बरिष्ठ प्रवन्धक शिखर नाथ र राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामा लगायतले पुरस्कृत गरेका थिए।

दुई दिने सम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यका भित्रका ३२ टिमको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell