उपाधि दाबेदार मध्ये एक टोली अर्जेन्टिना कोपा अमेरिका २०१९ को आफ्नो पहिलो खेलमै पराजित भएको छ। ब्रजिलमा हिजोबाट सुरु भएको प्रतियोगितामा अर्जेन्टिना समूह बी को खेलमा कोलम्बियासँग पराजित भएको छ।
एरेना फोन्टेमा भएको खेलमा कोलम्बिया लिओनल मेसीको अर्जेन्टिनालाई २-० ले पराजित गरेको हो।
७० मिनेटसम्म गोलरहित बराबरी खेलिरहेको कोलम्बयाले अन्तिम २० मिनेटमा दुई गोल गरेको हो। ७१औँ मिनेटमा रोजर मार्टिनजेले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। अर्नेन्टिना बराबरी गोल फर्काउन संघर्ष गरिरहेको बेला कोलम्बियाका लागि ८६औं मिनेटमा डुभान जापाट्टाले दोस्रो गोल गरेका हुन।
यस्तै त्यसअघि भएको समूह ए को खेलमा भेनेजुएला र पेरुले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३-० ले पराजित गरेको थियो।