PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोपा अमेरिका: उरुग्वेको फराकिलो जित, पाराग्वे र कतारले अंक बाँडे



कोपा अमेरिका: उरुग्वेको फराकिलो जित, पाराग्वे र कतारले अंक बाँडे

कोपा अमेरिका २०१९ अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले फराकिलो जित हात पारेको छ। समूह सी अन्तर्गत भएको खेलमा उरुग्वेले  दश खेलाडीमा झरेको इक्वेडरलाई ४-० ले पराजित गरेको हो।

उरुग्वेको लागि निकोलस लडेइरा, एडिनसन कभानी र लुइस सुअरेजले एक-एक गोल गले।

इक्वेडरका अर्टुरो मिनाले आत्मघाती गोल गरेका थिए। २४औँ मिनेटमा जोस क्वीन्टेरेसले रातो कार्ड पाएपछि इक्वेडर दश खेलाडीमा झरेको थियो।

यस्तै त्यसअघि भएको समूह बी'को खेलमा एसियाली राष्ट्र कतारले पाराग्वेलाई २-२ को बराबरीमा रोकेको छ। दुबैले १-१ अंक प्राप्त गरे।

पहिलोपटक कोपा खेलिरहेको तारले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै दुई गोल फर्काएको हो। पाराग्वेका लागि  ओस्कार कार्डोरोज र डेर्लिस गोन्जालेजले गोल गर्दै २-० को अग्रता दिलाएका थिए। कतारका लागि ६८औँ मिनेटमा अलमोज अली र  बोउलेम खोउखीले ७७औँ मिनेटमा गोल गरे। यसै समूहमा यसअघि कोलम्बियाले अर्जेन्टिनालाई  पराजित गर्दै ३ अंक जोडिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell