PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गुठीबाट मानिसहरू प्रताडित छन्, यस्तै समस्या समाधानका लागि ल्याएको हो विधेयक, तर भ्रम छरियो : प्रधानमन्त्री ओली



गुठीबाट मानिसहरू प्रताडित छन्, यस्तै समस्या समाधानका लागि ल्याएको हो विधेयक, तर भ्रम छरियो : प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदमा असंसदीय गतिविधि गरेको बताएका छन्। मंगलवार पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्र गणतन्त्र र संघीयता र जनताको शासनकाविरुद्ध अलोकतान्त्रिक शक्तिहरू विभिन्न प्रकारले एक भएकोसमेत दाबी गरे।
 
'घोर दक्षिणदेखि घोर वामपन्थीसम्म, अति दक्षिणपन्थीदेखि अति वामपन्थीसम्म एकजुट भएको देखिन्छ,' पत्रकार सम्मेलनमा ओलीले भने, 'समृद्धिको यात्रा रोकिँदैन। यो सरकार अगाडि बढ्छ।'  उनले आफू युरोप गएका बेला गुठीको विधेयकले आन्दोलित भएको भन्दै दु:ख व्यक्तसमेत गरे।
 
उनले गुठी विधेयक गुठी संस्थानको संरक्षणका लागि ल्याइएकोसमेत दाबी गरे। गुठी संस्थानले राम्रोसँग काम नगरेपछि प्राधिकरण बनाएर अगाडि बढौँ भनेर ऐन ल्याएको भन्दै उनले उल्टो भ्रम छरिएको आरोप लगाए। 

'गुठी ऐन लिइएको सम्पदा र संस्कृतिको संरक्षणका लागि हो। गुठीहरू हिनामिना नभई सञ्चालन हुन पाउन भनेर हो,' उनले भने, 'तर यहाँ भ्रम छरियो। प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन यो कतै लेखिएको छैन। हामीलाई थाहा छ मध्यरातमा क्रेन नै लगेर सिंगै मूर्ति भत्काइएको। यस देशबाट कति मूर्ति हराए। अब नहराउन भन्नका लागि हो।'

उनले गुठी सम्बन्धी काठमाडौंमा एउटा समस्या र बाहिर अर्को समस्या भएको भन्दै बाहिर गुठीबाट मानिसहरू प्रताडित भएको बताए। उनले यसलाई व्यवस्थित गर्न जरुरी भएको बताए। त्यस्तै काठमाडौंका निजी गुठीहरूलाई पनि व्यवस्थित गर्नुपर्ने रहेको बताए। 

उनले राष्ट्रियसभामा पेस भएको विधेयक भूमिसुधार मन्त्रीले फिर्ता लिएको जानकारी पाएको भन्दै त्यसमा समर्थन रहेको जनाए। 'माननीय भूमिसुधार मन्त्रीले सरोकारवालासँग छलफल गर्न पर्ने परामर्श गर्नुपर्ने रायसुझाव लिन पर्ने देखिएको राष्ट्रियसभामा पेस गरेको विधेयक फिर्ता लिनुभयो भन्ने जानकारी पाएको छु। माननीय मन्त्रीको निर्णय राम्रो निर्णय हो, म त्यसलाई दृढ समर्थन गर्छु,' उनले भने। 

उनले सरकारले ल्याउने विधेयक विरुद्ध माइतिघरमा हुने प्रदर्शनप्रतिसमेत टिप्पणी गरे। 'देशवासी दाजुभाइले सोच्नुपर्ने भएको छ। कहिले एउटा विधेयक बन्यो माइतिघर मण्डला अर्को विधेयक बन्यो। माइतिघर त साँच्चिकै माइतिघर नै रहेछ। केही भयो की गुर्रर गइहाल्ने,' उनले भने, 'विधेयकको छलफल गर्ने ठाउँ छ। संसदमा छलफल हुन्छ। सरोकारवालासँग छलफल गर्ने ठाउँ छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell