PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेपाली भलिबल टिम सम्हाल्न आइपुगे डच प्रशिक्षक हान अबिङ



गोविन्दराज नेपाल

नेपाली भलिबल टिम सम्हाल्न आइपुगे डच प्रशिक्षक हान अबिङ

काठमाडौं  : नेपाली राष्ट्रिय भलिबल टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन्। नेदरल्याण्ड्सका हान बुधवार बिहान काठमाडौं आइपुगेका हुन्।

उनलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

नेपालमा पहिलो पटक हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपका लागि हान नेपाल आएका हुन्।

नेपाल भलिबल संघको सिफारिस अनी अन्तर्राष्ट्रिय भलिबलको सर्वोच्च निकाय एफआईभिबीको समन्वयमा हानलाई ल्याइएको हो।

उनी ३ महिनाको लागि नेपाली टिमसँग रहनेछन्। भलिबल प्रशिक्षणमा २५ वर्ष लामो अनुभव रहेको हानको आगमनले नेपाली टिमको स्तर वृद्धि हुने र सेन्ट्रल जोनमा नेपालले राम्रो नतिजा ल्याउने संघको विश्सास छ।

पहिलो पटक नेपाली टिमको प्रशिक्षक बनेर आएका हानले आफू नेपाली भलिबल बारे थोरै जानकारी भएपनि उत्साहित रहेको बताए।

'पिटर भान तरेल (एफआईभिबीको डेभलपमेन्ट कमिसनर) को माध्यमबाट नेपाली भलिबलको बारेमा केही जानकारी पाएको थिएँ। यस्तै केही खेलको भिडियो समेत हेरेको थिएँ।' हानले भने। 'थोरै समय भएपनि म नेपाली टोलीका लागि सतप्रतिसत इफोर्ट दिएर सक्दो सहयोग गर्नेछु।'

उनले आफ्नो अनुभव सेन्ट्रल जोनमा नेपालको लागि काम लाग्ने भन्दै राम्रो नतिजा आउने विश्वास व्यक्त गरे।

हानले सन् १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए। 

यस्तै २००४ देखि २००८ सम्म जर्मन बुण्डेसलिगा वुमन टिम भिएफबी ९१ सुहलको मुख्य प्रशिक्षक बनेका थिए। जहाँ उनले आफ्नो टिमलाई जर्मन कपको उपाधि जिताएका थिए।

यसैगरी २००९ देखि २०१३ सम्म जर्मन वुमन यू-२० राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका थिए। जहाँ उनले वर्ल्ड यू-२० वुमन च्याम्पियनसिपको उपाधि जिताएका थिए।

यसैगरी २०१४ देखि २०१५ सम्म नेदरल्याण्ड्सको मेन राष्ट्रिय टिम (यू-२१) को पनि मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन्। यस्तै २०१५ देखि १६ सम्म स्वीट्जरल्याण्डको भलि कानिज र २०१६ देखि १८ सम्म सुहल भलिलको प्रशिक्षण सम्हालेका थिए।

आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म नेपालमै हुने पाँचौ संस्करणको सेन्ट्रल जोन च्याम्पियनसिपको लागि नेपाल भलिबल संघले यसअघि नै बन्द प्रशिक्षणमा २५ जनालाई राखेर तयारी सुरु गरिसकेको छ। अब हानले भोलीबाट नेपाली टोलीको प्रशिक्ष सम्हाल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell