PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गुठी विधेयकविरुद्ध माइतीघरमा विशाल खबरदारीसभा, 'फिर्ता हैन, खारेज गर' भन्दै प्रदर्शन

गुठी विधेयकविरुद्ध माइतीघरमा विशाल खबरदारीसभा, 'फिर्ता हैन, खारेज गर' भन्दै प्रदर्शन


काठमाडौं: सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै गुठीयारहरुले आन्दोलन गरिरहेका छन्। 

मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी गराउन भनेर बुधवार माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम आयोजना गरेका छन्।
१०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो। 

उपत्यकाका तीनै जिल्ला र हेटौंडा, पोखरा, बनेपा, पनौतीलगायतका स्थानबाट हजारौंको संख्यामा मानिसहरु बाजाजागा सहित माइतीघर पुगेका छन्। सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन्। 

उपस्थित सहभागीले विधेयक फिर्ता लिएको नाममा झुक्याउन खोज्ने भएकाले 'फिर्ता हैन, खारेज नै हुनुपर्ने' माग राखेका छन्।

सरकारले विधेयक फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन्। सरकारले जनतालाई भ्रम फैलाएको र उत्ततेजित गर्दै गुठी विधेयकविरुद्ध माहौल सिर्जना गरेको आरोप लगाएको थियो। 

सरकारले आन्दोलनमा उत्रेका गुठियार र सम्पदा प्रेमीहरुलाई प्रयोग गरेको भाषा आपत्तिजनक र जनभावनाको विपरित भएको भन्दै पूर्व निर्धारित विरोधसभालाई खबरदारी सभामा परिणत गरेको थियो।
 
उनीहरुले सरकारले विधेयक फिर्ता लिनुले केही राहत महसुस भएको बताउँदै चिकित्सा विधेयक अलझाएर पास गराएझै यो विधेयक पनि त्यस्तै हुन सक्ने तर्फ सचेत गराउन माइतीघरमा खबरदारी कार्यक्रम आयोजना गरेको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell