A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.698483179eb560.94391892): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.698483179eb560.94391892,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698483179eef99.27127065): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698483179eef99.27127065,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69848317a22b98.65146507): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69848317a22b98.65146507,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेपाल बास्केटबल लिग : टाइम्स च्याम्पियन, आर्मी लगातार दोस्रो पटक उपविजेता
PahiloPost

Feb 5, 2026 | २३ माघ २०८२

नेपाल बास्केटबल लिग : टाइम्स च्याम्पियन, आर्मी लगातार दोस्रो पटक उपविजेता

नेपाल बास्केटबल लिग : टाइम्स च्याम्पियन, आर्मी लगातार दोस्रो पटक उपविजेता

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै दि टाइम्स इन्टरनेशनल क्लबले क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल)को उपाधि जितेको छ।

शनिवार भएको फाइनलमा टाइम्सले आर्मीलाई ८८-७१ ले पराजित गर्दै उपाधि कब्जा गरेको हो। आर्मी भने लगातार दोस्रो पटक उपविजेता बनेको छ।

यसअघि लिग चरणमा  र क्वालिफायरमा गरी ५ पटक एकआपसमा खेल्दा आर्मीले ३ पटक टाइम्सलाई पराजित गरेको थियो भने टाइम्सले दुई पटक जितेको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको फाइनलमा भने टाइम्सले खेलको सुरुवातदेखि नै आर्मीलाई दबाबमा राख्दै उपाधि आफ्नो बनायो।

'आर्मीलाई हराउनेमा हामी पहिल्यै कन्फिडेन्ट थियौँ। सबै खेलाडीले राम्रो खेलेकाले च्याम्पियन भयौँ।' खेलपछि टाइम्सका कप्तान सदिश प्रधानले प्रतिक्रिया दिए। 'कोर्टमा खेल्ने खेलाडीदेखि बेन्चमा बस्ने खेलाडीहरु सबैको उत्तिकै योगदान छ।'

आफ्नो टिममा राम्रो खेलाडीहरु रहेको र यसअघिका खेलहरुमा पनि आर्मीसंग खेलिसकेका कारण फाइनल जित्ने रणनीतकै साथ खेलेका प्रधानले बताए।

राष्ट्रिय टिमका कप्तान समेत रहेका सदिशले आर्मीले पनि उत्कृष्ट खेल खेलेकोले त्यसले गर्दा पनि आफ्नो टोलीले राम्रो खेलेका बताए।

गत वर्ष आर्मी फाइनलमा गोल्डेनगेटसंग १ अंक अन्तरले पराजित हुँदा सदिश आर्मीबाटै खेलेका थिए। यस पटक भने टाइम्स इन्टरनेशनल क्लब टिम बनेपछि सदिशले उक्त टिमबाट खेलेका हुन्।

फाइनलमा टाइम्सले पहिलो क्वाटर २१-१२ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो क्वाटर पनि १९-१२ ले आफ्नो बनाउँदै टाइम्सले दुई क्वाटरमै ४०-२४ को अग्रता बनायो।

१६ अंकले पछि परेपनि आर्मीले तेस्रो क्वाटरमा टाइम्सलाई कडा चुनौती दिएको थियो। प्रतिस्पर्धात्मक उक्त क्वाटर पनि टाइम्सले २७-२६ ले आफ्नो पक्षमा पार्दै ६७-५० को अग्रता बनायो।

चौथो तथा अन्तिम क्वाटरमा दुवै टिमले २१-२१ अंक जोडेपछि टाइम्स ८८-७१ ले विजयी भएको हो।

च्याम्पियन टाइम्सले ट्रफीसंगै नगद २ लाख हात पार्‍यो। उपविजेता आर्मीले १ लाख प्राप्त गर्‍यो।

प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडीसीएन) ले लगातार दोस्रो वर्ष आयोजना गरेको यस लिगमा ८ टिमले होम एण्ड अवेका आधारमा प्रतिस्पर्धा गरेका थिए।

८ टिमबीच लिगमा कूल ५५ खेल भएको थियो। त्यसपछि शीर्ष चारमा रहने टोली प्लेअफमा पुगेका थिए। प्लेअफमा दुई क्वालिफायर र एक एलिमिनेटर खेल बेस्ट अफ थ्री को आधारमा भएको थियो।

फाइनलमा भने एक खेल नै भएको हो।

यस्तै पीडीसीएनले यस वर्ष पहिलो पटक महिलाको पनि लिग आयोजना गर्‍यो। चार टोली सहभागि उक्त लिगको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ। शनिवारै भएको फाइनलमा पुलिसले समृद्धि गोरिल्लाजलाई पराजित गर्दै उपाधि जितेको हो। लिग चरणमा दुवै पटक गोरिल्लाजसंग पराजित भएपनि फाइनलमा उत्कृष्ट प्रदर्शन पुलिसले हारको बदला लिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell