PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

'क्यान निलम्बन हुनु मेरो कार्यकालको सबैभन्दा दु:खद् क्षण'



गोविन्दराज नेपाल

'क्यान निलम्बन हुनु मेरो कार्यकालको सबैभन्दा दु:खद् क्षण'
FILE PHOTO

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशव कुमार विष्टको कार्यक्राल भोलिदेखि सकिँदैछ। २०७२ असार १० मा राखेपको सदस्य सचिव पदमा नियुक्त भएका उनले आफ्नो कार्यकाल पूरा गरिसकेका छन्। उनको यो कार्यकालमा विभिन्न उतारचढाव आयो। केही राम्रा काम भए केही नराम्रा काम पनि भए।

उनले सदस्य सचिव नियुक्त भएको बेला आफ्नो पहिलो प्राथमिकता खेलकुद क्षेत्रको विवाद समाधान गर्नु बताएका थिए। क्रिकेटको विवाद समाधान पनि उनको प्राथमिकतामा थियो।

तर यो कार्यकालमा उनलाई केही कुराले साँच्चै झक्झकाइरहन्छ भने त्यो क्रिकेट संघको निलम्वन नै हो।

उनी स्वयं भने चार वर्षे कार्यकालमा नेपाल क्रिकेट संघ क्यान निलम्वन हुनुलाई सबैभन्दा दुखद क्षण मान्छन्। 'क्यान निलम्वन हुनु मेरो कार्यकालको दुखद क्षण हो। तर यो मैले सुरुवात गरेको होइन।'

'यो विवाद अगाडि नै थियो। आइसीसीले फन्डिङ अगाडि नै रोकेको थियो। भ्रष्टाचारको मुद्दामा अख्तियारले पत्र काटेको थियो। आइसीसीले पनि पत्र काटेको थियो।' विष्टले आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा भने।

'उहाँहरुले निर्वाचन गर्नुभयो। स्वीकृति बिना गर्नुभयो। अध्यक्ष बिना गर्नुभयो र बहुमत सदस्य बिना गर्नुभयो। त्यसकारण हामीले निर्वाचनलाई स्वीकृति दिएनौँ। अब मेरो पालामा आएर निलम्वन भयो। यो सबैभन्दा दुखको क्षण बन्यो।' विष्टले भने। 'मेरो पालमा भएको भएर सच्याउन भनेर लागिपरेको हो। तर निर्वाचिपत भनिएको कमिटीले अली जिम्मेवार ढंगले काम गर्दिनु भएन। त्यो बेलामा पनि उहाँहरुले अदालतमा मुद्दा नहाल्दिनु भएको भए परिस्थिती अर्कै हुन्थ्यो।'

सदस्य सचिव पदमा विष्ट भोलिसम्म रहनेछन्। मंगलबारबाट उनको कार्यकाल सकिँदैछ।

आइतवारको कार्यक्रममा उनले आफ्नो चार वर्षे कार्यकालमा गरेका राम्रा विषयहरुबारे जानकारी गराइँरहँदा क्रिकेट विवाद समाधान गर्न नसक्दा त्यसले स्वैय उनलाई नै लज्जित बनाइरहेको थियो।

राजनीतिक नियुक्तिका रुपमा चयन हुने सदस्य सचिव को बन्ने चर्चा अहिले भइरहेको छ। तर यदी आफूले फेरि पनि यस पदमा निरन्तर काम गर्ने मौका पाए। सबैभन्दा पहिला क्रिकेटकै विवाद समाधार गर्ने उनले बताए।

'यदि मेरो कार्यकाल थपियो भने सबैभन्दा पहिलो मेरो काम क्रिकेट विवाद समाधान गर्नु हुनेछ। मेरो पहिलो प्रायोरिटी भने म आफैँ आइसीसीको हेड क्वाटर दुबई गएर सबै भेट्नेछु। नेपाली क्रिकेटमा विकृति ल्याउने धमिल्याउने र धमिला पानीमा माछा मार्ने काम गरिरहेको बारे म सबै जानकारी गराउनेछु,' विष्टले भने।

'मलाई क्रिकेटको विवादबारे सबै कुरा थाहा छ। तर सबै कुरा अहिले भन्न मिल्दैन। आइसीसीको निलम्वनमा पर्नुको के-के इन्ट्रेस्ट छ कसको फाइदाको लागि भएको छ सबै थाहा छ। यहाँ राष्ट्रघाती काम भएको छ।'

 

कसरी सुरु भयो क्यान विवाद

विष्ट सदस्य सचिव भएको ६ महिना पनि नबित्दै क्रिकेट संघमा समस्या देखा पर्‍यो।

नेपाल क्रिकेट संघको साधारण सभा २०७२ साल मंसिर २८ गते राजधानीको कमलादीस्थित होटल राजघरानामा भयो। राष्ट्रिय खेलकुद परिषद्ले मान्यता नदिएको र निवर्तमान अध्यक्ष टंक आङबुहाङको समूहले बहिष्कार गरेको साधारण सभाले चतुरबहादुर चन्दलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको थियो। त्यसअघि चन्द उपाध्यक्ष थिए।

राखेपले यस साधारण सभालाई मान्यता दिएन र सदस्य सचिव केशवकुमार विष्टले रमेश सिलवालको अध्यक्षतामा १५ सदस्यीय क्यान तदर्थ समिति गठन गर्‍यो।

पुसमा चन्द नेतृत्वको क्यानले राखेपद्वारा गठित तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्‍यो।

दुई पक्षबीच विवाद जारी रहँदा आइसीसीले २०७३ साल वैशाख १३ गते क्यानलाई निलम्बन गर्‍यो। आइसिसीले विधानको दफा २.९ अनुसार सरकारी हस्तक्षेप हुन नहुने र स्वतन्त्र र निष्पक्ष चुनाव हुनुपर्नेमा नभएको कारण देखाउँदै क्यानको सदस्यता निलम्बित गरेको बताएको थियो।

 

​क्यान निलम्बनको नैतिक जिम्मेवारी लिन्छु तर विवाद पहिलेदेखि नै थियो : विष्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell