A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6aa121c55bbd88.14637774): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6aa121c55bbd88.14637774,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेपाली भलिबल खेलाडी युरोपियन लिग खेल्न लायक छन्, तर गल्ती धेरै गर्ने रहेछन् : प्रशिक्षक हान
PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

नेपाली भलिबल खेलाडी युरोपियन लिग खेल्न लायक छन्, तर गल्ती धेरै गर्ने रहेछन् : प्रशिक्षक हान



गोविन्दराज नेपाल

नेपाली भलिबल खेलाडी युरोपियन लिग खेल्न लायक छन्, तर गल्ती धेरै गर्ने रहेछन् : प्रशिक्षक हान

काठमाडौं: नेपालको राष्ट्रिय भलिबल टिमले पहिलो पटक घरेलु कोर्टमा खेल्न लागेको सबैभन्दा ठूलो प्रतियोगिता हो एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिप।

यसअघि चार संस्करण देश बाहिर खेलेको नेपालले पाँचौ संस्करण आफ्नै देशमा खेल्दैछ।

त्यसैका लागि अहिले २५ खेलाडी बन्द प्रशिक्षणमा छन् र उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् नेदर्ल्यान्ड्सका हान अविङले।

यी डच प्रशिक्षकसँग प्रशिक्षणकै २५ वर्षको अनुभव छ र उनी त्यही अनुभव अहिले नेपाली खेलाडीलाई बाँडिरहेका छन्। हानलाई नेपाली प्रशिक्षक जगदिश भट्ट र सुदेश रिमालले साथ दिइरहेका छन्।

सेन्ट्रल जोन च्याम्पियनसिप आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म नेपालमा हुँदैछ।

त्यसका लागि २५ खेलाडी अहिले दैनिक लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा प्रशिक्षण गरिरहेका छन्।

विदेशी प्रशिक्षकसँग सिक्न पाउँदा खेलाडी उत्सहित छन्। साथै नेपाली खेलाडीलाई सिकाउन पाउँदा डच प्रशिक्षक हान पनि उत्तिकै उत्साहित छन्।

'फिजिकल्ली त हाम्रो खेलाडीहरु ठीक छन्। तर विदेशी प्रशिक्षकले सिकाउने टेक्निकल कुराहरु भने फरक हुन्छ। ट्याक्किकल्ली उनीहरुको कोचिङ फरक हुन्छ। खेलाडीहरुले पनि उत्साहित भएर सिकिरहेका छन्,' हानलाई सघाईरहेका नेपाली प्रशिक्षक जगदिश भट्टले भने।

पहिलो पटक नेपाल आएका हान पनि खेलाडीहरुसँग रमाइलो मानेर प्रशिक्षण दिइरहेका छन्।

'पहिलो तीन दिन खेलाडीहरुसँगको अभ्यास रमाइलो भयो। नेपाली खेलाडीहरु भलिबलप्रति एकदमै लगनशिल छन्। भलिबलप्रति डेडिकेसन छन्। सिक्न प्रेरित छन् साथै सीप पनि राम्रो छ,' हानले भने।

हानले नेपाली खेलाडीको लेभलसमेत राम्रो रहेको बताउँदै युरोपियन लिग खेल्न लायक रहेको समेत सुनाए। तर त्यसका लागि नेपाली खेलाडीले सामान्य गल्तीलाई सुधार गर्नुपर्ने उनको भनाई छ। 'म नेपाली खेलाडीको लेभल देखेर सरप्राइज्ड भएँ। उनीहरुले भलिबल राम्रो खेलिरहेका छन्। युरोपियन भलिबलसँग तुलना गर्ने हो भने केही खेलाडी छन् जसले युरोपको लिग समेत खेल्ने सक्नेछन्। तर उनीहरुले आफ्नो गल्तीलाई कम गर्नुपर्छ।'

हानले यसबारे खेलाडीसँग बसेर छलफल गरेको र राम्रो गल्ती र नराम्रो गल्ती बारे कुरा गरेको बताए। 'उनीहरुले राम्रो भलिबल खेल्छन्। तर उत्तिकै गल्ती पनि गर्छन्। हामीले गुड मिस्टेक र ब्याड मिस्टेकको बारेमा कुरा गर्‍यौँ। गुड मिस्टकलेले खेलमा सुधार गर्छ। तर ब्याड मिस्टेकले अर्को टिमको अंक बढाउँछ। खेलाडीहरुमा ब्याड मिस्केट धेरै छ।'

नेपाल भएपछि हानले सुरुमै खेलाडीसँग भाषाको केही समस्या हुने बताएका थिए। तर केही दिनको प्रशिक्षण पछि नै उनलाई अहिले भने सहज लागेको छ। नेपाली प्रशिक्षकले पनि उनलाई सघाइरहेका छन्। 'भलिबल अन्तर्राष्ट्रिय भाषा हो। हामीसँग हल्याण्डमा जे रुल छ नेपालमा पनि त्यही हो। तपाईले खेलाडीलाई कोर्टमा देखाएर हाउभाउले पनि धेरै कुरा वर्णन गर्न सक्नुहुन्छ। यस्तै ह्वाइट बोर्डमा लेखेर पनि छलफल गर्छौँ। मलाई लाग्दैन भाषा ले गाह्रो पार्छ।'

सेन्ट्रल जोन च्याम्पियनसिप आउन अब करिब ५० दिन बाँकी छ। यो समयमा हानले खेलाडीलाई अझै प्रशिक्षण दिनेछन्। यो तयारीपछि नेपालले राम्रो भलिबल खेल्ने सक्छ भन्ने उनको अपेक्षा छ।

'जब तपाई प्रतिस्पर्धा गर्न चाहनुहुन्छ, तपाई जित र हारको बारेमा कुरा गर्नुहुन्छ। त्यसबारे अहिले म भन्न सक्दिन। मेरो विचारमा यो दुई महिनाको प्रशिक्षणपछि हामी राम्रो लेभलमा पुग्छ सक्छौँ,' हानले भने, 'तर हामीले विपक्षीबारे पनि बुझ्नुपर्छ। इन्टरनेट र भिडियोमा पनि खेल हेर्नुपर्छ। मैले नेपाल र तुर्कमिनेस्तानबीचको खेल हेरेको थिएँ। नेपाल ३-० ले हार्दा नेपालले धेरै गल्ती गरेको मैले छौँ। अभ्यासमा पनि त्यो देखिएको छ। मैले काम भनेको त्यो गल्ती घटाउँदै लाने हो। जसले गर्दा विपक्षीसँग अंक अन्तर घटाउन सक्छौँ।

'हामील अहिले त्यसैलाई लिएर तयारी गरिरहेका छौँ। र म कन्फिडेन्ट छु कि हामीले राम्रो भलिबल खेल्नेछौँ। तर त्यसले जित/हार के ल्याउँछ अहिले भन्न सकिन्नँ।'

यसअघि एक पटक मेडल जितिसकेको नेपालको लागि यस पटक अझ राम्रो नतिजा ल्याउने अवसर छ। घरेलु कोर्ट, दर्शक र समर्थकको साथ नेपाललाई रहनेछ। यसले खेलाडीको मनोबल समेत उच्च बन्नेछ।

'यो नेपाली खेलाडी, दर्शक, जर्नालिस्ट सबैको लागि उत्साहको विषय हो,' हान भन्छन्। हानले सबैभन्दा महत्वपूर्ण विषय भनेको खेलमा ध्यान दिनुपर्ने र गल्ती कम गर्नुपर्ने रहेको बताए।

'हामीले यस पटक मेडल जित्नको लागि प्रयास गर्नेछौँ। हाम्रो ड्रिम छ कि टुर्नामेन्टको अन्त्यमा हामीसँग मेडल होस्। तर हामीले खेलमा मुख्य ध्यान दिनुपर्छ। त्यसैका लागि तयारी गरिरहेका छौँ,' हानले भने, 'म्याचको बेला हामीले प्वाइन्ट वाई प्वाइन्ट खेल्नुपर्छ। त्यसबेला तपाईले मेडलको बारेमा सोच्ने होइन। जब तपाईले मेडलको बारेमा सोच्न थाल्नुहुन्छ तपाई भलिबल खेल्न बिर्सनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell