PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको लागि नेपाली टोली घोषणा, चार नयाँ खेलाडी टिममा



गोविन्दराज नेपाल

एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको लागि नेपाली टोली घोषणा, चार नयाँ खेलाडी टिममा

काठमाडौं: मलेसियामा जुलाई पहिलो साता आयोजना हुने एसीसी यू-१० इस्टर्न रिजन क्रिकेटको लागि नेपाली टोलीमा चार नयाँ खेलाडीले स्थान बनाएका छन्।

सिनियर टिमका सदस्यस रोहित पौडेल कप्तान रहेको यू-१९ टिममा यू-१६ टिमका कप्तान विशाल विक्रम केसीसहित चार नयाँ अनुहारले अवसर पाएका हुन्। जसमा विशालसँगै यू-१६ कै खड्क बोहरा, लोकेश बम र तिलक भण्डारी छन्।

यसअघि मलेसियामै भएको आइसीसी यू-१९ विश्वकप छनोटमा टिममा रहेका चार खेलाडी भने बाहिरिएका छन्।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखसहित अलराउण्डर सन्दिप जोरा, स्पिनर सूर्य तामाङ र ब्याट्सम्यान अभिषेक बस्नेत टिमबाट बाहिरिएका हुन्।

रोहितसँगै राष्ट्रिय टिमबाट खेलिसकेका पवन सर्राफ र राष्ट्रिय टिममा परेका भिम शार्की भने यू-१९ टिममा कायमै छन्।

यस्तै टिममा रहेका अन्य खेलाडीमा रित गौतम, हरी बहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल, प्रतिश जिसी छन्।

जुलाई २ देखि ९ तारिखसम्म मलेसियामा हुने प्रतियोगिताको लागि नेपाली टोली यही जुन ३० मा मलेसिया प्रस्थान गर्नेछ।

नेपालले प्रतियोगिताको लागि कीर्तिपुरस्थित टीयू मैदानमा अभ्यास गरिरहेको छ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, हङकङ,  सिंगापुर, थाइल्याण्ड, भुटान, चीन र म्यानमार छन्।

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, भीम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल, प्रतिश जिसी, विशाल विक्रम केसी, लोकेश बहादुर बम, खडक बहादुर बोहरा, तिलक बहादुर भण्डारी

वैकल्पिक खेलाडी: मोहम्मद आसिफ शेख, सन्दिप जोरा, सूर्य तामाङ, आकाश चन्द

अफिसियल

राजु खड्का : म्यानेजर
विनोद दास : कोच
विक्रम न्यौपाने : फिजियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell