PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

कोपा अमेरिका : भेनेजुएलालाई हरायो अर्जेन्टिनाले, सेमिफाइनलमा ब्राजिलसंग भिडन्त पक्का

कोपा अमेरिका : भेनेजुएलालाई हरायो अर्जेन्टिनाले, सेमिफाइनलमा ब्राजिलसंग भिडन्त पक्का


कोपा अमेरिका २०१९ अन्तर्गत शनिवार बिहान भएको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले भेनेजुएलालाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

२६ वर्षपछि पहिलो पटक ठूलो उपाधि जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले अब सेमिफाइनलमा घरेलु टोली ब्राजिलसंग खेल्नेछ।

ब्राजिलले पहिलो क्वाटरफाइनलमा पाराग्वेलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गरेको थियो।

यस संस्करण उपाधिको दाबेदारको रुपमा रहेको ब्राजिल र अर्जेन्टिना सेमिफाइनलमै भिड्ने भएपछि एउटा ठूलो टिम फाइनल अघि नै बाहिरिने पक्का भएको छ।

समूह चरण पार गर्न नै संघर्ष गर्नुपर्को अर्जेन्टिजाले भेनेजुएलालाई भने सहजै हरायो।

स्टाडिओ माराकानामा भएको खेलको दशौँ मिनेटमै लाउटारो मार्टिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। ७५औं मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै अग्रता दोब्बर पारे। त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले जित हात पारेको हो।

अब फाइनल प्रवेशका लागि ब्राजिल र अर्जेन्टिनाबीच पहिलो सेमिफाइनल खेल हुनेछ।

पछिल्ला वर्षहरुमा यी दुई राष्ट्र ठूलो प्रतियोगितामा एक आपसमा भिडेका छैनन्।

कफवा अमेरिकामा पनि लामो समयपछि यी दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन्। १२ वर्षपछि सेमिफाइनल पुगेको ब्राजिलले १२ वर्षपछि नै अर्जेन्टिनासंग खेल्न लागेको हो। सन् २००७ मा कोपाको उपाधि जित्दा ब्राजिलले अर्जेन्टिनालाई फाइनलमा ३-० ले पराजित गरेको थियो।

उक्त फाइनल हार्नेमा अर्जेन्टिनी टिममा रहेका लिओनल मेसी अहिले कप्तानको भूमिकामा छन्। त्यसपछि पनि मेसीको कप्तानीमा अर्जेन्टिनाले ३ वटा फाइनल हारिसकेको छ। अर्जेन्टिना सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसंग र २०१५ र २०१६ को कोपा फाइनलमा चिलीसंग पराजित भएको थियो।

यस पटक त्यो सबै फाइनल हारको पिडा बिर्साउँदै ट्रफी उचाल्ने दाउमा अर्जेन्टिना छ। उता ३० वर्षपछि कोपाको आयोजना गरेको ब्राजिल पनि २०१४ को घरेलु विश्वकपको दु:खदायी हार बिर्साउँदै घरेलु मैदानमा च्याम्पियन बन्ने दाउमा छ।   



ट्रेन्डिङ पोस्ट

Ncell