PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

यू-१९ एसिया कपमा छनोट हुनेमा रोहित विश्वस्त, सिनियर र उमेर समूहमा खेल्दा के फरक?



गोविन्दराज नेपाल

यू-१९ एसिया कपमा छनोट हुनेमा रोहित विश्वस्त, सिनियर र उमेर समूहमा खेल्दा के फरक?

काठमाडौं: रोहितकुमार पौडेल नेपालको राष्ट्रिय क्रिकेट टिमको रेगुलर मेम्बरको रुपमा छन्। साथै उनी उमेर समूह यू-१९ राष्ट्रिय टिमको कप्तान पनि हुन्।

उनले राष्ट्रिय टिममा खेल्न थालेको दुई वर्ष पुगिसकेको छ। राष्ट्रिय टिममा खेलिसकेका रोहित अहिले भने यू-१९ राष्ट्रिय टिमको कमाण्ड सम्हालिरहेका छन्।

केही समयअघि भएको आइसीसी यू-१९ विश्वकप एसिया क्वालिफायरमा उनको नेतृत्वको नेपाल युएई भन्दा पछि रह्यो। युएईसँगको १ रनको हार नेपालको लागि निकै महँगो साविक भयो। त्यो हारले नेपाललाई अहिले पनि सताइरहन्छ।

त्यही हारलाई बिर्साउने योजनामा रहेको यू-१९ क्रिकेट टिमले मलेसियामा जुलाई २ देखि एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट २०१९ खेल्दैछ।

यस पटक उत्कृष्ट प्रदर्शन गर्दै एसिया कपका लागि छनोट हुने लक्ष्यमा नेपाल छ।

'हाम्रो मुख्य फोकस नै कसरी म्याच जित्ने अनि कसरी टुर्नामेन्ट जित्ने भन्ने छ। पुरै टुर्नामेन्ट भरी कसरी राम्रो खेल्ने भन्नेमा हामी केन्द्रित छौँ,' कप्तान रोहितले भने।

८ राष्ट्र सहभागी यस इस्टर्न रिजनको विजेता यू-१९ एसिया कपको लागि छनोट हुनेछ। जहाँ एसियाका टेष्ट मान्यताप्राप्त ५ राष्ट्रसँग खेल्ने मौका नेपाल जस्ता राष्ट्रले खेल्न पाउनेछ। यसअघि नै वेस्टर्न रिजनबाट युएई र कुवेतले एसिया कपमा स्थान बनाइसकेका छन्।

नेपालले यस पटक यू-१९ इस्टर्न रिजन खेल्नुअघि भारतमा तयारी गर्ने चाहना बनाए पनि एसीसी र आइसीसीबाट अप्रुभ नभएपछि नेपालले वैदशिक प्रशिक्षण गर्न पाएन। यस पटक नेपालले कीर्तिपुरमै तयारी गरेर मलेसिया जाँदैछ।

'१० दिन क्याम्प भयो। तयारी राम्रो भइराछ। सबै जना टचमा छन्। तर यो १० दिनमा सबै सुधार गर्न सकिँदैन। सबैले आफ्नो पक्षमा मेहनत गर्नुपर्छ र गरेका पनि छन्। हामी इस्टर्न रिजनका लागि तयार छौँ,' रोहितले भने।

यू-१९ विश्वकप क्वालिफायरमा नेपालले गरेको स-साना गल्तीलाई ध्यानमा राख्दै यस पटक तयारी गरेको रोहितले जानकारी दिए।

'हामीले यस पटक ब्याटिङमा अलि ध्यान दिएका छौँ। यो भन्दा क्वालिफयरमा ब्याटिङमा सानो- सानो मिस्टेक भएको थियो। ब्याट्सम्यानले सेट भएर पनि ३०-४० रन बनाएर आउट हुने। त्यसमा वर्कआउट गरिराछौँ। अब चाहि सबैले खेलाडीले बिग स्कोर गर्नुपर्यो। ४०-५० ले पुग्दैन १०० नै हान्नुपर्‍यो,' ब्याटिङको महत्वबारे रोहित यसो भन्छन्।

 

लक्ष्य एसिया कप

रोहितले मेलसियामा नेपालको मुख्य लक्ष्य भनेकै यू-१९ एसिया कपमा छनोट हुन रहेको बताए।

'हामी एसिया कपको क्वालिफायरमा फोकस छौँ। कसरी हुन्छ जित्नुपर्‍यो। अब जित्नका लागि के गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्‍यो। पर्टिकुलर एक म्याचमा कसरी राम्रो खेल्ने।' खेलाडी र टिमको रोलबारे रोहित भन्छन्।

'इन्डिभिजुएल प्रदर्शनले कसरी टिमलाई कन्ट्रिब्युट गर्न सकिन्छ त्यसमा ध्यान छ। कसरी म्याच जित्ने र कसरी टुर्नामेन्ट जित्ने भन्ने छ पुरै टुर्नामेन्ट कसरी राम्रो खेल्ने भन्नेमा छौँ।

 

 

सबै खेलाडी उतिकै राम्रा

एसिया कपमा छनोट हुन नेपाल तयार रहेको र टिममा सबै पक्षका खेलाडी राम्रो रहेको रोहितले बताए। 'कुनै एक खेलाडीमा भर पर्नुपर्ने र एक खेलाडीसँग मात्र खेल जिताउँछ भनेर सोच्नु नपर्ने रोहितको विश्वास छ। टिममा सबै जना ट्यालेन्ट छन्। सबै जना उस्तै छन्। कुनै एक जनामा भर पर्नुपर्छ भन्ने छैन।'

उनले ब्याटिङ, बलिङ सबैमा खेलाडी उत्कृष्ट रहेको बताए। 'बलिङ राम्रो छ। स्पिनरहरु पनि राम्रा छन्। क्वालिटी मिडियम पेसरहरु पनि छन्।'

'ब्याट्सम्यानहरु पनि सिनियर टिमबाट खेलेका पनि छन्। हामी त्यस्तो एक जनामा भर पर्नुपर्दैन,' रोहित यसमा विश्वस्त छन्।

 

नयाँ खेलाडी पनि राम्रा छन्

यस पटक टिममा महत्वपूर्ण सदस्यहरु सन्दिप जोरा, आसिफ शेख जस्ता खेलाडीहरु छैनन्। तैपनि टिम सन्तुलित देखिन्छ।

उनीहरुको स्थानमा यू-१६ टिमका कप्तान विशाल विक्रम केसी, खड्क बोहरा र तिलक राज भण्डारीले पहिलो पटक यू-१९ मा स्थान बनाएका छन्। त्यस्तै यसअघि यू-१९ टिमसँग भारत भ्रमणमा गएका लोकेशबहादुर बामले पनि टिममा पुनरागमन गरेका छ।

त्यसबाहेक रोहितसँग राष्ट्य टिमबाट खेलिसके पवन सर्राफ र राष्ट्रिय टिममा परिसकेका भिम सार्की पनि छन्। यस्तै यू-१९ रेगुलर मेम्बरको रुपमा रहेको फास्ट बलरद्वय रसिद खान र कमल सिंह ऐरी पनि टिममा छन्।

यसअघि यू-१६ हार्दै यू-१९ मा पुगेका रित गौतम, प्रतिश जिसी, कुशल मल्ल जस्ता खेलाडी पनि टिममा छन्।

रोहितले टिममा परेका नयाँ खेलाडीहरु पनि उत्कृष्ट रहेको र उनीहरुले आफूलाई प्रमाणित गरिसकेको बताए।

'नयाँ खेलाडीहरु पनि राम्रा छन्। यू-१६ मा जितेर आइसकेका छन्। खड्कले पीएम कपमा पनि राम्रो खेलेका छन्। त्यसबाहेक लोकेश पहिले पनि यू-१९ टिममा थिए।'

सैबेले डोमेस्टिकमा रेगुलर खेलिरहेकाले नयाँ खेलाडीले पनि प्रेसर ह्याण्डल गर्ने सक्नेमा रोहित ढुक्क छन्।

यस्तै यू-१६ को उपाधि जित्दाका कप्तान विशाल विक्रम केसीको आगमनले टिमलाई फाइदा पुग्ने रोहित बुझाई छ। 'विशाल पनि कप्तान भइसकेको खेलाडी हो। उसले सजेसन दिन सक्छ। रेस्पोन्सबिलिटी लिएर कसरी खेल्ने भन्ने उसाई थाहा हुन्छ। यसले पनि महत्वपूर्ण भूमिमका खेल्छ।'

सिनियर र यू-१९ मा खेल्दा के फरक?

रोहित नेपालको सिनियर टिम र यू-१९ टिम दुवैको महत्वपूर्ण सदस्य बनिसकेका छन्। उनले सिनियर र यू-१९ मा दुवै टिम घुलमिल हुन सजिलो रहेको बताए।

'खासै गाह्रो हुँदैन। सिनियर टिममा सबै जना फ्रेण्डली छन् र यू-१९ मा आफ्नै उमेरका छन्। जता कम्फरटेबल हुन्छ खेल्न। दुवैमा उस्तै हो।'

खेलमा भने सिनियर र जुनियरमा हुँदा केही फरक हुने रोहितले बताए। उनले सिनियर टिमको मेम्बर हुनु र यू-१९ को कप्तान हुँदा रेस्पोन्सबिलिटीमा फरक हुने बताए।

'यू-१९ टिमको क्याप्टेन हुँदा रेस्पोन्सिबिली बढ्न। थप रेस्पोन्सबिलिटी हुन्छ। कसरी टिमलाई जिताउने त्यता ध्यान हुन्छ। फिल्डिङमा पनि कसरी एलर्ट बस्ने, कतिखेर के हुन सक्छ भन्नेमा केन्द्रित हुनुपर्छ।' कप्तान हुँदाको कामबारे रोहित भन्छन्।

'सिनियर टिममा खेल्दा म क्याप्टेन नभए पनि मैले खेल जिताउन सक्छु भन्ने भित्र भित्रै लाग्छ। मेरो माइन्ड सेटमा भने खासै फरक हुँदैन। सिनियर टिममा जिताउन सक्छु भन्ने सोचेर खेल्छु।'

 

यू-१९ इस्टर्न र टी २० क्वालिफायर दुवै महत्वपूर्ण

रोहित दुवै टिमको सदस्य भएकोले दुवै प्रतियोगिताको महत्व बुझेका छन्। फेरि टी २० विश्वकप खेल्ने लक्ष्यमा रहेकोले सिनियर टिमको लागि टी २० एसिया रिजन क्वालिफायर महत्वपूर्ण छ। यसमा विजेता हुन सके नेपाल युएईमा हुने ग्लोबल क्वालिफायर छनोट हुन्छ। त्यो नै विश्वकप पुग्ने अन्तिम खुड्किलोको रुपमा रहेको छ। यस्तै यू-१९ एसिया कपमा टेस्ट नेसनविरुद्ध खेल्न यू-१९ इस्टनर्मा पनि विजेता बन्नुपर्छ। त्यसैले दुवै प्रतियोगिताको लागि राम्रो खेल्नुपर्ने रोहितले बताए।

रोहित भने दुवै फर्म्याटका लागि आफू तयार रहेको र खासै फरक नहुने बताउँछन्। 'टी २० र ओडिआईमा खासै फरक हुँदैन। टी २० मा जाने बित्तिकै हान्नुपर्दैन। माइन्ड सेटमा मात्र फरक हो। त्यस्तो खासै फरक हुन्छ जस्तो मलाई लाग्दैन।'

तर अगाडि बढ्नको लागि दुवै प्रतियोगिता महत्वपूर्ण रहेको र नेपालले जित्नुपर्ने उनले बताए।

'हामीलाई दुई वटै प्रतियोगिता महत्वपूर्ण छ। हामीलाई यू-१९ जित्नु पर्नेछ। प्लान नै कसरी हुन्छ जित्ने छ।'

'यस्तै टी २० क्वालिफायर नि महत्वपूर्ण छ। कसरी हुन्छ जित्ने र टिमलाई इन्डिभिजुएल कसरी कन्ट्रिबुट गर्न सकिन्छ त्यसमा ध्यान दिने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell