PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

टी २० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा, हेर्नुस् को-को परे?



गोविन्दराज नेपाल

टी २० विश्व कप छनोटका लागि नेपाली टोली घोषणा, हेर्नुस् को-को परे?

काठमाडौं : सिंगापुरमा जुलाइमा हुने आइसीसी टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ। 

पारस खड्काको कप्तानीमा आइतवार १४ सदस्यीय टोली घोषणा भएको हो। पछिल्लो पटक नेपालले युएई भ्रमण गर्दा टिममा रहेका मोहम्मद आरिफ शेख टोलीमा अटाउन सकेनन्। यस्तै ६ महिना अघि अनफिट भएका कारण युएई टिममा नपरेका शरद भेषावकरले कमब्याक गरेका छन्।

यस्तै भिम शार्की र सन्दिप जोरा पनि टिममा परेनन्। आरिफ वैकल्पिकमा छन्। यू-१९ टिमका कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ भने टिममा छन्।

जुलाइ २२ देखि २८ सम्म सिंगापुरमा हुने छनोट प्रतियोगितामा नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। नेपालले जुलाई २३ मा कतारसँग पहिलो खेल खेल्नेछ।

राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने एक टोली अक्टोबर-नोभेम्बरमा युएईमा हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। ग्लोबल क्वालिफायरमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट ६ टोली सन् २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपमा छनोट हुनेछ।

यस्तै त्यसअघि नेपालले मलेसिया भ्रमण गर्नेछ र त्यहाँ मलेसियासँग दुई वटा टी २० अन्तर्राष्ट्रिय म्याच खेल्नेछ। नेपाल र मलेसियाबीचको दुई खेल जुलाइ १३ र १४ मा किनरारा ओभल मैदानमा हुनेछ।

 

नेपाली टोली:

  • पारस खड्का (कप्तान)
  • ज्ञानेन्द्र मल्ल (उप-कप्तान)
  • शरद भेषावकर
  • बसन्त रेग्मी
  • सोमपाल कामी
  • विनोद भण्डारी
  • करण केसी
  • सन्दीप लामिछाने
  • दिपेन्द्रसिंह ऐरी
  • रोहितकुमार पौडेल
  • ललित नारायण राजवंशी
  • पवन सर्राफ
  • अभिनाश बोहोरा
  • प्रदिप ऐरी

 

वैकल्पिक खेलाडी

  • आरिफ शेख
  • जितेन्द्र मुखिया
  • कुशल भुर्तेल
  • सुशन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell