PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चाँगुनारायणमा ६० वर्षीया वृद्धाको हत्या



चाँगुनारायणमा ६० वर्षीया वृद्धाको हत्या

काठमाडौं: भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक ६० वर्षीया बृद्धाको हत्या भएको छ।
 
आज बिहान मोटरसाइकलमा आएका व्यक्तिले सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी ६० वर्षीय सावित्री भट्टराईको हत्या गरेको प्रहरीले जनायो। घाँटीमा धारिलो हत्यार प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले उल्लेख गरेको छ।

घटनाबारे महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell