PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शरद भेषावकर नेपालको उत्कृष्ट खेलाडीमध्ये एक हो : उमेश पटवाल



गोविन्दराज नेपाल

शरद भेषावकर नेपालको उत्कृष्ट खेलाडीमध्ये एक हो : उमेश पटवाल

काठमाडौं : सिंगापुरमा हुने आइसीसी टी २० एसिया रिजन फाइनल क्वालिफायरको लागि आइतवार पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा भएको छ।

१४ सदस्यीय उक्त टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरले कमब्याक गरेका छन्। चोटका कारण बेला बेला महत्वपूर्ण प्रतियोगिता गुमाउँदै आएका शरदले पछिल्लो पटक युएई टुर पनि पूर्ण रुपमा फिट नभएकोले गुमाएका थिए।

६ महिनापछि नेपालले क्वालिफायर खेल्न लाग्दा शरद टिममा परेका छन्। त्यसअघि नेपालले मलेसियासँग दुईवटा अन्तर्राष्ट्रिय टी २०  पनि खेल्नेछ।

नेपाली टिम घोषणा समारोहमा उपस्थित प्रशिक्षक पटवालले शरद भेषावकर उत्कृष्ट खेलाडी भएको बताए। शरदको कमब्याकबारे सोध्दा पटवालले भने। 'शरद नेपालमा भएका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। त्यसैले उनीबारे कुनै विचार राख्नु आवश्यक छ जस्तो लाग्दैन।'

'उनी पछिल्लो प्रतियोगितामा फिट थिएनन्। तर जब उनी उपलब्ध हुन्छन् तब उनी पहिलो रोजाईँमा पर्छन्। मेरो विचारमा यो अप्सन होइन उनी टिमबाट खेल्ने सम्भावना धेरै छ,' पटवालले भने।

उनले नेपालको राष्ट्रिय टिमको पुलमा कम खेलाडी रहेको बताए। 'पछिल्लो एक वर्षमा हेर्न हो सबै उही खेलाडी छन्। किन हो मलाई थाहा छैन। जहिल्यै उही खेलाडीमा भर पर्नुपर्छ।'

'म यस्तो खेलाडी हेर्छु जो उच्च लयमा छ। फिटनेस राम्रो छ, अट्टिट्युड छ। त्यसबाट टिम तयार पार्ने हो। त्यो महत्वपपूर्ण हो। हामी धेरै खेलाडीलाई हेर्दैनौँ किनकी हामीसँग धेरै खेलाडी छैनन्।'

उनले क्वालिफायरबाट फर्केपछि नयाँ खेलाडीहरु खोजी गर्ने बताए। 'हामी फर्केपछि काठमाडौं बाहिर गएर नयाँ खेलाडीहरु हेर्नेछौँ। काठमाडौं बाहिर क्याप्म राख्नेबारे पारससँग पनि कुरा गरेका छौँ। अहिले भने हामीसँग सीमित खेलाडी छन्।'

यस्तै पटवालले टिममा राम्रो ब्याट्सम्यान र खेल जिताउन सक्ने खेलाडी चाहिने बताए।

'मेरो विचारमा बायाँ हाते ब्याट्सम्यान र दायाँ हाते ब्याट्सम्यान भन्दा पनि राम्रो र नराम्रो ब्याट्सम्यान हुन्छ। वि निड म्याच विनर। चाहे बायाँ हाते ब्याट्सम्यान होस् वा दायाँ हाते।'

'म यस विषयमा भन्दा पनि म्याच जिताउने ब्याट्सम्यानमा कन्सनट्रेट छु।'

पटवालले विश्व क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानहरु पनि दायाँ हाते ब्याट्सम्यान भएको बताउँदै भने, 'सचिन, विराट दायाँ हाते हुन्, हामीलाई बायाँ हाते चाहिएको थिएन। त्यसैले मेरो लागि ब्याट्सम्यान मात्र हुन्छ। राइट लेफ्ट हुँदैन।'

'म जहिल्यै विनर्सलाई हेर्छु। हाम्रो अरु अप्रोच छैन। ट्रेनिङमा पनि हामी त्यसैगरी तयारी गरिरहेका छौँ। हामी म्याच विनर हेरिरहेका छौँ जसले नेपाललाई खेल जिताओस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell