A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69846d0f128586.52169986): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69846d0f128586.52169986,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

रमेश सिलवाल राखेपको १८औं सदस्य सचिव, भन्छन् : चुनौती स्वीकार गरेर यो पदमा आएको छु, कामबाट जवाफ दिन्छु
PahiloPost

Feb 5, 2026 | २३ माघ २०८२

रमेश सिलवाल राखेपको १८औं सदस्य सचिव, भन्छन् : चुनौती स्वीकार गरेर यो पदमा आएको छु, कामबाट जवाफ दिन्छु



गोविन्दराज नेपाल

रमेश सिलवाल राखेपको १८औं सदस्य सचिव, भन्छन् : चुनौती स्वीकार गरेर यो पदमा आएको छु, कामबाट जवाफ दिन्छु
त्रिपुरेश्वरस्थित राखेपको कार्यलयमा पुगेर पद बाहली गरेपछि सिलवाल

काठमाडौं : शैक्षिक, खेलकुद र राजनीतिक क्षेत्रमा काम गर्दै आएका रमेशकुमार सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नयाँ सदस्य सचिव नियुक्त भएका छन्। नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको १८औं सदस्य सचिवको रुपमा सिलवालले सोमवार शपथ ग्रहणका साथै पद बाहलीसमेत गरेका छन्।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमै सिलवाललाई सदस्य सचिवको रुपमा पद तथा गोपनियताको शपथ गराएका थिए। लगत्तै सिलवालले त्रिपुरेश्वरस्थित राखेपको कार्यालय पुगेर पदवहाली गरे।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको चार वर्षे कार्यकाल यही असार ९ गतेबाट सकिएको थियो। त्यसपछि नयाँ सदस्य सचिव को बन्ने भन्नेमा करिब दुई साताको बहसपछि सिलवाल नयाँ सदस्य सचिवको रुपमा नियुक्त भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुद मन्त्री विश्वकर्मा लगायत ने क पा पार्टीले नै आफूलाई यस पदको लागि विश्वास गरेकोले त्यसलाई कायम राख्दै आफूले काम गर्ने बताए।

धादिङ बेनीघाटका सिलवाल आगामी चार वर्षे कार्यकालको लागि सदस्य सचिव बनेका हुन्।

उनले शपथ ग्रहणपछि आफू बोल्न भन्दा मैदानमा काम गरेर देखाउने चाहने व्यक्ति रहेको प्रतिक्रिया दिए। 'धेरै बोल्नु र उत्तर दिइरहनु भन्दा पनि म कामबाट सबैको जवाफ दिन चाहन्छु,' उनले भने।

उनले आफू काममा विश्वास गर्ने मान्छे भएको भन्दै पदक वितरण, उद्घाटन जस्ता सामान्य कार्यक्रममा बोलाएर समय बर्बाद नगर्न सबैलाई आग्रह गरे।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टले नै सिलवाल सदस्य सचिव नियुक्त भएपछि सबैभन्दा पहिले बधाई दिए। यसअघि यस्तो अवस्था बिरलै देख्ने पाइने गरेकोले आजको दिनलाई विष्टले समेत ऐतिहासिक माने। त्यसपछि उनले सिलवाल र आफू २५ वर्षदेखि पार्टीमा सँगै रहेको बताउँदै खेलकुदका लागि राम्रो मान्छे रहेको र खेलकुद विज्ञको रुपमा रहेको बताए।

नवनियुक्त सदस्य सचिव सिलवालले सबैलाई साथमा लिएर काम गर्ने र सबैको सल्लाह लिने बताए।

'कुनै आग्रह पूर्वाग्रह राखेर काम गर्ने छैन। सबैको सल्लाह लिनेछु, निर्णय आफूले गर्नेछु,’ शपथ पछि उनले भने।

सिलवालले राखेपको भन्दा राम्रो अन्य पद भए पनि आफू चुनौती स्वीकार गरेर यस पदमा आएको बताए।

'म जागिर खानको निम्ति सदस्य सचिव बनेको होइन, प्रधानमन्त्रीले मलाई यो-यो पद छ। कुनमा जान्छस् भनेर सोध्नुभयो। यो भन्दा राम्रो पद पनि थियो। राम्रो पारिश्रमिक पनि थियो। तर, म खेलकुदमै केही गर्छु भनेर यता आएँ। किनकी मलाई चुनौती मन पर्छ र म त्यो चुनौती स्वीकार गरेर आएँ।'

सिलवालको लागि अहिले सबैभन्दा चुनौतीको रुपमा नेपालमै आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) समयमै सफल रुपमा आयोजना गर्नुछ। जसको लागि अब ६ महिना भन्दा पनि कम समय बाँकी छ। यसलाई मध्यनजर गर्दै आफ्नो अहिले त्यसैमा केन्द्रित भएर अगाडि बढ्ने बताए।

'सागको आयोजना गर्नु मेरो पहिलो कार्य हो। अब त्यसका लागि हरेक दिन तालिका बनाएर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। आफ्नो हनिमुन पिरियडमै नतिजा निकाल्ने गरी काम गर्ने प्रतिवद्धता जनाउँछु,’ सिलवालले भने।

यस्तै उनले प्रशासनलाई पनि स्वच्छ र पारदर्शी बनाउदै विधि र विधिसम्मत तरिकाले राखेप चलाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell