![सेन्ट्रल जोनको क्याम्पमा रहेका ७ खेलाडी पहिलो चरणबाट बाहिरिए](https://pahilopost.com/assets/upload/contentthumb/62348032_330395270975175_1405044812255592448_n11.jpg)
काठमाडौं : एभिसी सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियन्सिपको तयारीमा रहेको नेपाली टिमबाट पहिलो चरणमा ७ खेलाडी बाहिरिएका छन्।
नेपाल भलिबल संघले सुरुमा २५ खेलाडी छनोट गरेर क्लोज क्याम्प राखेको थियो। डच प्रशिक्षक हान अबिङ र जगदिश भट्टले तीन साता देखि खेलाडीलाई प्रशिक्षण गराइरहेका थिए।
त्यसबाट राष्ट्रिय टिममा खेलिसकेका भैरब बाम ठकुरी सुरेन्द्र ठकुरी लगायत ७ खेलाडी पहिलो चरणबाट आउट भएको प्रशिक्षक भट्टले पहिलोपोस्टलाई जानकारी दिए।
उनका अनुसार आउटसाइट अट्याकर पोजिसनबाट दर्गा सुनार र योगेन्द्र गुरुङ, क्वीकरबाट भैरव बाम र सुरेन्द्र बाम, सेटरबाट सुजन चोखाल, लिब्रोबाट भिम गाहा मगर र अपोजिटबाट रविन चन्द बाहिरिएका हुन्।
भट्टले अहिले नेपाली टिममा पर्न लागि खेलाडीहरु बीच तिब्र प्रतिस्पर्धा भइरहेको बताए।
आगामी साउन ३२ देखि भदौ ८ गतेसम्म नेपालमै पाँचौ संस्करणको सेन्ट्रल जोन आयोजना हादैछ। अब त्यसका लागि १८ बाट दोस्रो चरणमा १४ हुँदै अन्तिम १२ जनाको टोली छनोट गर्ने उनले जानकारी दिए।
यस्तै यस बीचमा नेपालले भारतसँग तीन खेलको मैत्रीपूर्ण खेल समेत खेल्ने भएको छ।
त्यसका लागि भने १८ खेलाडीलाई नै अवसर दिने गरी डच प्रशिक्षक हान अविङसँग छलफल भइरहेको भट्टले बताए।
'अहिले टिमम पर्न तिब्र प्रतिस्पर्धा भइरहेको छ। विदेशी प्रशिक्षकले टेक्निकल र ट्याक्टिकल्ली सिकाइरहेका छन्। अब भारतसँगको खेलबाट को खेलाडी कस्तो छ भनेर थाहा पाउन सजिलो हुन्छ। त्यसैले पहिलो र दोस्रो खेलमा सबैलाई अवसर दिने र तेस्रो खेलमा राम्रो खेलाडी छानेर खेलाउने तयारीमा छौँ।' भट्टले भने।
बन्द प्रशिक्षकका लागि प्रारम्भीक चरणमा छानिएका २५ खेलाडी
इमबहादुर मगर (कप्तान)
धनबहादुर भट्ट
विशाल विक
कुलबहादुर थापा
राजेन्द्र विष्ट
योगेन्द्र गुरुङ
टेकराज अवस्थी
दुर्गाबहादुर सुनार
सारान समरी
हरिबहादुर अधिकारी
दुर्गा खड्का
द्वारिका थापा
दिपक राज जोशी
भैरव बम
सुरेन्द्र बम
नरेन्द्र गिरी
राजु शेरचन
राजकुमार निरौला
रविन चन्द
हरिहजुर थापा
दुर्गा महतो
सुजन चोखाल
विनोद बहादुर चन्द
भिम गाहा मगर
ईश्वर थापा मगर