A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69846d3e0a9350.58387409): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69846d3e0a9350.58387409,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'विनीता बुढाथोकी आफ्नो पोजिसनमा अहिले पनि नम्बर वान हो, उनलाई राष्ट्रिय टिममा नराख्नु गल्ती'
PahiloPost

Feb 5, 2026 | २३ माघ २०८२

'विनीता बुढाथोकी आफ्नो पोजिसनमा अहिले पनि नम्बर वान हो, उनलाई राष्ट्रिय टिममा नराख्नु गल्ती'



गोविन्दराज नेपाल

'विनीता बुढाथोकी आफ्नो पोजिसनमा अहिले पनि नम्बर वान हो, उनलाई राष्ट्रिय टिममा नराख्नु गल्ती'

काठमाडौं : भलिबल नेपालको राष्ट्रिय खेल। त्यही खेलको पाँचौ एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको लागि नेपालको राष्ट्रिय पुरुष भलिबल टोली अहिल दैनिक प्रशिक्षणमा व्यस्त छन्।

साउन ३२ देखि भदौ ८ सम्म नेपालमै हुने यस प्रतियोगिताको लागि नेपालले करिब चार साता यता तयारी गरिरहेको छ। गत चैत-बैशाखमा नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा २५ खेलाडी छनोट गरिएको थियो।

सेन्ट्रल जोनका साथै आगामी डिसेम्वरमा नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि समेत छनोट हो। यस्तै पुरुष जस्तै महिलातर्फ पनि २५ खेलाडी क्याम्पको लागि छनोट गरिएको छ।

त्यो सूची बाहिर आउने बितित्कै खेलाडी, प्रशिक्षक लगायत भलिबल समर्थकहरु पनि केही आश्चर्यमा परेका थिए। कारण थियो, राष्ट्रिय टिमका कप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ नै त्यो सूचीमा नपर्नु।

यी दुई खेलाडी टिमकै सबैभन्दा अनुभवी र पुराना खेलाडी समेत हुन्। जसले डेढ दशक यता निरन्तर नेपालको लागि खेल्दै आएका छन्।

विनिता टिमको कप्तानका साथै सेटरको भूमिकामा खेल्छन् भने मन्जु ओपन स्पाइकरको भूमिकामा खेल्छिन्।

विनिताकै कप्तानीमा रहेको विभागीय टोली एपीएफले नै आठौंमा महिला भलिबलको उपाधि जितेको थियो। गत वर्ष एपीएफले घरेलु भलिबलमा एक छत्र राज गर्दा विनिताले नै टिमको कमाण्ड सम्हालेकी थिइन् केहीमा उनले विधागत उत्कृष्टको पुरस्कार समेत पाइन्।

उता मन्जुले भने आठौंमा केही खेल खेलिन् र नेपाल भलिबल संघलाई जानकारी गराएर नै हङकङमा खेल्न गएकी थिइन्। विनिता र मन्जुसँगै कोपिला उप्रेती, नेविका चौधरी, मनिषा चौधरी लगायत खेलाडी यस पटक प्रारम्भिक सूचीमै पर्न नसकेपछि भलिबमा तरंग आएको हो।

तत्कालिन टिमको कप्तान अनी अनुभवी खेलाडीहरु नै नपरेपछि नयाँ खेलाडीहरु समेत आश्चर्यमा परेका छन्। भलिबल संघले भने पुराना खेलाडीको बढ्दो उमेर र नयाँ खेलाडीको आगमनकै कारण छनोटमा नपरेको जनाएको छ।

तर नेपालको राष्ट्रिय टिमदेखि घरेलु भलिबलको क्लबहरु समेत सम्हालिसकेका प्रशिक्षक कपिल किशोर श्रेष्ठ भने यस छनोटबाट पूर्ण रुपमा सन्तुष्ट छैनन्। अनुभवी खेलाडीलाई एकै पटक हटाएउनु गल्ती भएको उनले बताए।

'विनिता, मन्जु लगायत खेलाडी एकै पटक टिममा नपर्नु दु:खद हो। उनीहरुलाई २५ जनाको सूचीमा राखेर हेर्नु पर्थ्यो। बरु पछि राम्रो प्रदर्शन गर्न नसके टिमबाट बाहिर राख्न सकिन्थ्यो।' श्रेष्ठले पहिलोपोस्टसँग भने।

एकै पटक अनुभवी खेलाडीहरुलाई हटाउँदा यसले राष्ट्रिय टिममै असर गर्ने र टिम सन्तुलनमा समेत प्रभाव पार्ने उनको बुझाई छ। महिला टिमको सेलेक्सन नराम्रो नभएपनि केही खेलाडी पर्ने/नपर्ने विषयका कारण श्रेष्ठ चिन्तित बनेका हुन्। 'लिफ्टरमा विनिता आउट भयो किन भन्दा एजका कारण। भलिबल भनेकै लिफ्टर हो। तर त्यो पोजिसनमा सबै नयाँ खेलाडी छ। इन्टरनेशनलन गेम नखेलेका खेलाडी छन्। जति स्पाइक राम्रो भएपनि लिफ्टर राम्रो नहुँदा भलिबल टिम कोल्याप्स नै हुन्छ। सिनियर खेलाडी त्यहाँ अगाडि राख्देको भए नयाँ खेलाडीले सिक्ने अवसर पाउछ।'

'विनिता हटाउनु चाँही मलाई अलीकती गल्ती लाग्छ। यदी उसलाई अहिले राखेर पछि हटाएको भए फरक पर्थेन। उसलाई राखेर नयाँ खेलाडीलाई सिकाउनुपर्थ्यो। उसको कन्फिडेन्ट पनि राम्रो छ।' श्रेष्ठ भन्छन्। 'यही उ भन्दा हाइटवाला वा कोही राम्रो खेलाडी त्यो पोजिसनमा भएको भए ठिकै हुनुथ्यो। तर अहिले विनिताको विकल्प छैन।'

'विनिता भनेको अहिले पनि नम्वर वान लिफ्टर नै हो। भलिबलको महत्वपूर्ण, नभई नहुने र छिस्रिक्क केही भइहाल्यो भने कोल्याप्स हुने लिफ्टर पोजिसन हो। तपाई जति नै राम्रो प्लेअर स्पाइकर ल्याउनुस् लिफ्टर नभए हुँदैन। बरु अरु कमजोर भएर लिफ्टर राम्रो भयो भने खेल राम्रो हुन सक्छ। तर अरु स्टार नै स्टार भएर लिफ्टर कमजोर भयो भने खेल नै साफ हुन्छ।' उनले विश्लेषण यस्तो छ।

विनिता नपर्नु भन्दा पनि उनी जत्तिको खेलाडी अहिले २५ जनाको सूचीमा नहुनु समस्या मान्छन् श्रेष्ठ।'नयाँ सेटरहरुले एकै पटक ठूला प्रतियोगिता खेल्न जाँदा नर्भस हुने श्रेष्ठले बताए।

यसअघि अलराउण्डरकै रुपमा खेलिरहेकी अरुणा शाहीले अहिले लिफ्टरको रुपमा खेलिरहेकी छिन्। काठमाडौंमा भएको आधिअबाधी भलिबल प्रतियोगितामा अरुणाले त्यही भूमिकामा खेलेकी थिइन्। तर प्रशिक्षण श्रेष्ठ अन्तर्राष्ट्रिय स्तर एकै पटक लिफ्टर पोजिसनमा खेल्नु गाह्रो हुने बताउँछन्।

'नयाँ लिफ्टर अरुणा शाही हो। भर्खर त्यसमा खेल्दैछ। ट्रेनिङ पनि गरेको छैन। आफ्नै तरिकाले गरेको छ।  कोचको अन्डरमा बसेर खेलेको होइन। उसले यो ४ महिनामा कसरी तयारी गर्छ तयार भएर आउँछ कि आउँदैन। लिफ्टर भनेको सबैभन्दा गाह्रो काम हो।'

यस्तै मन्जु गुरुङले पनि नेपालको लागि निरन्तर राम्रो खेलिरहेको उनले बताए। 'मन्जु गुरुङ एक जमानाको स्टार प्लेअर पुरानो भनेकै आधारमा राख्ने त होइन। तर मन्जु अहिले पनि ओपन स्पाइकरमा राम्रो छ। उसको समस्या भनेको फिजिकल फिटनेश हो। टेक्निकल राम्रो छ, समस्या छैन। समस्या फिजिकल फिटनेशमै छ। मैले उसलाई धेरै पटक भनिसँके। फिजिकल्ली फिटनेशनमा सुधार भयो भने धेरैलाई पछि पार्न सक्छा।'

यस्तै मन्जु खेल्ने ओपन स्पाइकर जोनमा समेत नयाँ खेलाडीहरु रहेको र अनुभव कम रहेको उनको बुझाई छ।  'भलिबलमा लिफ्टरसँगैर ओपन स्पाइकर नै सबैभन्दा महत्वपूर्ण हो। अहिले टिममा परेकामध्ये ओपन स्पाइकरमा प्रतिभा र सरस्वती बाहेक सबै बच्चाहरु छन्। अब त्यसलाई यो ३-४ महिनामा अन्तर्राष्ट्रिय लेभलमा खेल्ने बनाउन सक्छ कि सक्दैन। अहिले नयाँ खेलाडी राखेको राम्रो छ, हाइट छ, योङ छ तर त्यसले इन्टरनेशनलसम्म भ्याउछ कि भ्याउँदैन भन्ने हो।' भविष्यको लागि भने नयाँ खेलाडीलाई तयार पार्दा राम्रो हुने उनले बताए।

'सेलेक्सन कमिटीले यसबारे सोच्नुपर्छ। अझै समय छ। यदी सोचेर केही खेलाडीलाई थप्दा राम्रो हुन् भने टिममा राख्नुपर्छ।'

केही दिनअघि मात्र विभागीय क्लब त्रिभुवन आर्मीको प्रशिक्षकबाट राजीनामा दिएका श्रेष्ठले साग नजिकँदै गर्दा महिला टिमको ट्रेनिङ सुरु हुन नसकेको पनि पनि गुनासो राखे।

'दक्षिण एसियामा हाम्रो पुरुष भन्दा महिला टिम अगाडि छ। हामी ब्रोन्ज सजिलै जित्छौँ। तर अबको हाम्रो टार्गेट शिल्भर-गोल्ड हुनुपर्छ। ब्रोन्ज हामीले सजिलै जित्छौँ।'

'अब हाम्रो टार्गेट गोल्ड हुनुपर्ने बेला अझै पनि ट्रेनिङ सुरु हुन सकेको छैन। हाम्रो महिला टिम दक्षिण एसियामा पुरुष टिम भन्दा अगाडि छ।'

यस्तै प्रारम्भिक सूचीमै परेका केही खेलाडीको नाममा पनि श्रेष्ठले गुनासो राखे। 'नेशनल टिम भनेको बेस्ट भन्दा बेस्ट खेलाडी ल्याएर ट्रेनिङ गराउने ठाउँ हो। नयाँ खेलाडी होइन। महिला टिममा केही त्यो पनि परेका छन्। जो भर्खर सिक्दै छ।' सागलाई मध्यनजर गर्दै श्रेष्ठ भन्छन्।

'भर्खर सिकेलाई समय कहाँ छ। राम्रो खेलाडीलाई त समय छैन। समय कम भो भन्या छ। यो अग्लो छ भनेर नेशनल टिममा राख्नु ठिक भएन। अलि चित्त नबुझेको यहाँ पनि हो।'

'हामीलाई चाहिएको मेडल हो नी। देशलाई मेडल चाहियो। राम्रो भए देशलाई नै फाइदा हो। एज जति भएनी फुरानो खेलाडीले राम्रो खेल्छन् अनुभवी छन् भने, खेल राम्रो छ भने टिममा राख्नुपर्छ।'

'हामी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदैछौँ। जसमा अनुभव र एक्सपोजर समेत चाहिन्छ। नयाँ खेलाडी त्यो लेभलमा खेल्दा नर्भस हुन्छ। अहिले टिममा भएका धेरै खेलाडीसँग त्यो अनुभव छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell