PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दशरथ रंगशाला बन्यो ब्लुक्रस अस्पतालको पार्किङस्थल, स्विमिङ पुलको अवस्था यस्तो

दशरथ रंगशाला बन्यो ब्लुक्रस अस्पतालको पार्किङस्थल, स्विमिङ पुलको अवस्था यस्तो

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्का नयाँ सदस्य सचिव रमेश सिलवालले नेपालमै आगामी डिसेम्बरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई अर्जुन दृष्टि लगाएर काम गर्ने बताएका छन्। 

उनले चुनौती लिएर नै आफू यो पदका लागि आएको दाबी गर्दै काम गरेर देखाउने बताएका थिए।

सिलवालले सोमवार त्रिपुरेश्वरस्थित राखेपको कार्यलयमा पुगेर पदबाहली गर्दै काम शुरु गरिसकेका छन्। उनले मंगलवार टी-२० क्वालिफायर खेल्न गएको नेपालको राष्ट्रिय क्रिकेट टिमलाई बिदाई पनि गरे।

पदक वितरण, उद्घाटन लगायत कार्यक्रममा आफूलाई नबोलाउन आग्रह गरेका उनले अब आफ्नो ध्यान १३औं सागमै केन्द्रित हुने जनाइसकेका छन्।

साग हुने मुख्य स्थल दशरथ रंगशालमा भिआइपी प्यारापिट लगायत राख्नेलगायत केही काम बाँकी छ। फुटबल खेल्ने रंगशालामा घाँस छ र त्यो अझै बनाउन बाँकी छ।

यस्तै राखेप परिसरमै रहेको रंगशाला बाहिरको भागमा भने अहिले कसैको आँखा पुग्न सकेको छैन। पहिला स्वीमिङ पुल रहेको स्थानमा अहिले पानि र त छैन तर त्यहाँको अवस्था नाजुक छ। उक्त पुलको फेदमा केही पानी रहेपनि त्यहाँ फोहोर जमेको छ। नजिकै रहेको क्यान्टिन जहाँ खेलाडी खेलाडी, प्रशिक्षकले नास्ता गर्छन् त्यो ठाउँको अवस्था पनि उस्तै छ।

सदस्य सचिवको कार्यालयको झ्यालबाटै यो दृश्य देखिन्छ। यस्तै कार्यलय बाहिरको पार्किङ स्थलमा लामो समयदेखि पार्किङ गरेको केही सवारी साधानसमेत छन्। जसको छेउमा घाँस पलाइसकेको छ। पार्किङस्थलमा ब्लु क्रसको सवारी साधन पनि पार्किङ गरिएको छ। मुख्य कभर्ड हलको स्तरोन्नति गर्ने काम जारी छ। त्यसैसँग जोडिएको भवन निर्माणाधिन छ। तर त्यसकै अगाडिपट्टी सरसफाइमा ध्यान दिइएको देखिँदैन।

नयाँ सदस्य सचिवले अब आफ्नो काम साग आयोजना गर्नु बताइरहँदा यी दृश्यहरुले भने उनलाई गिज्याइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell