PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

अमेरिकामा तापक्रम वृद्धिसँगै जनजीवन प्रभावित



अमेरिकामा तापक्रम वृद्धिसँगै जनजीवन प्रभावित
फोटो: GETTY IMAGES

वासिङ्टन: अमेरिकामा अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ। गर्मीका कारण न्यूयोर्क, वासिङ्टन, बोस्टन लगायतका शहरमा २ करोड भन्दा बढी मानिसहरु प्रभावित भएको बीबीसीले जनाएको छ। कतिपय स्थानहरुको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

क्यानाडाका शहरहरुमा समेत गर्मीले असर गरेको बताइएको छ।

विश्वमा हालसम्म अत्याधिक तापक्रम वृद्धि गत जुनमा भएको रेकर्ड गरिएको थियो। सन् २०१९ को सुरुवातमा अमेरिकाको अलास्का नजिकका क्षेत्रमा समेत तापक्रम वृद्धिहुँदा जनजीवन भएको थियो।

गर्मी बढेसँगै अमेरिकामा सर्वसाधरणहरु नदी, समुद्र , वाटर फाउन्टेन रहेका स्थानमा पुगिरहेका छन्। सरकारी अधिकारीहरुले तापक्रम अझै वृद्धि हुनसक्ने भन्दै मानिसहरुलाई सचेत रहन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell